» » शिक्षकलाई कम्प्यूटर तालिम

सप्तरी, वैशाख ३० गते । सूचना सञ्चार प्रविधिसम्बन्धी सात दिने कम्प्युटर तालिम राजविराजमा सुरु भएको छ ।

विद्यालयमा तथ्याङ्क दुरुस्त राख्नका लागि सप्तरीका शिक्षकहरुका लागि तालिम दिन लागिएको हो ।

सेभ द चिल्ड्रेनको सहयोग तथा जिल्ला शिक्षा कार्यालय सप्तरीले आयोजना गरेको कम्प्युटरसम्बन्धी आधारभूत तालिममा जिल्लाभरिका १० वटा स्रोत केन्द्रबाट पाँच–पाँचजना शिक्षकलाई तालिममा सहभागी गराएको शिक्षा कार्यालयका शाखा अधिकृत भोगेन्द्र यादवले बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी शङ्करराज लुइँटेलको अध्यक्षतामा तालिम सुरु भएको आयोजक समितिले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..