» » कैलालीमा भ्यू टावर बन्दै


कैलाली, वैशाख ३१ गते । कैलालीको पहाडी क्षेत्र गोदावरी गाविसस्थित बूढीतोलामा पर्यटकलाई लक्षित गरी ‘भ्यू टावर‘ निर्माणको पहल थालिएको छ ।

बूढीतोलामा रहेको चुरे डाँडामा भ्यू टावर निर्माणका लागि पर्यटन मन्त्रालयको एक टोलीले हालै टावर निर्माणस्थलको स्थलगत अध्ययन गरी फर्किएको स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीले बताउनुभयो ।

टावर निर्माणका लागि पर्यटन विभागले यस वर्ष रु ५० लाख छुट्याएको बताइएको छ । टावरको निर्माण गरिने स्थल वनक्षेत्रमा परेकाले सम्बन्धित निकायबीच समन्वय गराइएको स्थानीय विकास अधिकारी बिमलीले बताउनुभयो ।

पर्यटकलाई दृश्यावलोकनका लागि टावर निर्माण गर्न प्रस्ताव गरिएको स्थल उपयुक्त नभएको भन्दै स्थानीयवासी र पर्यटन व्यवसायीले बूढीतोला नजिकैको अर्को कम्पासे डाँडामा टावर निर्माण गरिनुपर्ने माग गरेका छन् ।

पर्यटकलाई वरिपरिका प्राकृतिक रुपमा मनोरम क्षेत्रको दृश्यावलोकन गराउन नजिकैको अर्को कम्पासेडाँडा उपयुक्त हुने सुदूरपश्चिम पर्यटन विकास समाजका अध्यक्ष कृष्ण महरा बताउनु्हुन्छ । कम्पासेडाँडामा टावर निर्माण गर्दा चारै दिशा र खासगरी उत्तरतर्फको सैपाल, अपी हिमालका साथै आसपासको चुरेशृङ्खला र दक्षिणको तराईको फाँटको सजिलैसँग दृश्यावलोकन गर्न सकिने पर्यटन व्यवसायीले बताएका छन् ।

धनगढी—डडेल्धुरा ९भीमदत्त० राजमार्गको छेउमा रहेको खानीडाँडा र बूढीतोला क्षेत्र बिस्तारै पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । धनगढीदेखि करिब ४० किलोमिटरको दूरीमा रहेको उक्त क्षेत्रमा पर्यटकलाई लक्षित गरी होटेल, रिसोर्ट लगायतका सुविधा थपिँदै जान थालेका छन् । खासगरी वनभोज खान र तराई क्षेत्रमा चर्को गर्मी बढेका बेला गर्मी छल्नका लागि बूढीतोला र खानीडाँडा क्षेत्र स्थानीयवासीको रोजाइ बन्न थालेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..