» » विद्यार्थी फ्रन्टको महाधिवेशनको तयारी पूरा

बारा, बैशाख २८ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको भातृसंगठन तराई मधेश विद्यार्थी फ्रन्टको प्रथम महाधिवेशनको तयारी पूरा भएको छ ।

फ्रन्टले आज पत्रकार सम्मेलन गरि जानकारी गराए अनुसार बैशाख २९ गतेदेखि ३१ गतेसम्म कलैयामा महाधिवेशन हुने जनाएको छ । विभेदकारी नस्लइ राष्ट्रवादको विरुद्ध हाम्रो अभियान, समग्र मधेश दुई प्रदेश सहित समानुपातिक समावेशी सर्वस्वीकार्य सविधान, मुल नाराका साथ हुने महाधिवेशनको तयारी पूरा भएको फ्रन्टका अध्यक्ष सुरेश मण्डलले जानकारी गराउनुभयो ।

मधेशमा जारी विगत १० महिनादेखिको आन्दोलनकै बीचमा भइरहेको यस महाधिवेशनलाई आन्दोलनकै रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष मण्डलले मधेश आन्दोलनका सहिदहरुको सम्मन गर्दै घाइतेको सीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

२९ गते कार्य समितिको बैठक, ३० गते महाधिवेशनको उद्घाटन कार्यक्रम रहेको जनाकारी गराउँदै महाधिवेशनलाई तमलोेपाका अध्यक्ष महन्थ ठाकुरले गर्ने कुराको समेत जानकारी गराएको छ ।

श्री चन्द्र उच्च माविमा हुने उद्घाटन कार्यक्रमपछि सोही दिन साँझदेखि श्री सिद्धेश्वर माविमा बन्द सत्र हुने फ्रन्टका महासचिव एवं अध्यक्षका उम्मेदवार मनिष मिश्राले जानकारी गराउनुभयो । मधेशका २२ जिल्ला, काठमाडौ उपत्यकाका ३ जिल्ला, पोखरा, र  भारतलगायत विभिन्न देशमा अध्ययनरत  फ्रन्टमा आवद्ध ४८० प्रतिनिधिले महाधिवेशनमा भाग लिने जानकारी उहाँले गराउनु भयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..