» » नयाँ कार्यक्रम ल्याउन बस्दैछ गठबन्धनको बैठक

काठमाडौ जेठ ५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मलित संघीय गठबन्धनले आफ्नो अगामी आन्दोलनका कार्यक्रम तय गर्नका लागि अहिले आठ बजेदेखि संघीय समाजवादी पार्टी कार्यालयमा बैठक बस्दैछन ।

दुई दिन सिहदरवार घेराउ तथा एकदिन बालुवाटार घेराउ कार्यक्रमपछि आन्दोलनको स्वरुप परिवर्तनका लागि छलफल गर्न लागिएको फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले जानकारी गराउनु भयो ।

फोरम नेपालका महासचिव रामसहायले भन्नुभयो, गठबन्धनले आज दिउँसो शान्तिवाटिका (रत्नपार्क) मा विसालसभा गर्ने भएको छ । वीर अस्पतालबाट शान्तिपूर्ण जुलुससहित नयाँ सडक, विसालबजार, असन, भोटाहिटी हुँदै शान्तिवाटिका पुगेर दिउँसो १ बजे सभा हुनेछ ।  सभालाई २९ दलीय गठबन्धनका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राज्यको पुनर्संरचना, सिमाङ्कन, समानुपातिक समावेशिता, नागरिकता, धर्मनिरपेक्षतालगायत २६ बुँदे माग राख्दै गठबन्धनले उपत्यका केन्द्रित आन्दोलन जेठ १ गतेदेखि थालेको हो ।’

नयाँ कार्यक्रममा रिले अनसनदेखि कोणसभा, जुलुसका कार्यक्रमहरु आउन सक्ने सम्भावना रहेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी गराउनुभयो । आन्दोलनलाई निरन्तरता दिई केही तयारी गरि जनआन्दोलन गर्ने बताउँदै उहाँले जनआन्दोलन–३ हुने विश्वास व्यक्त गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..