» » मलाई मतादान किन ?


-दिलिप सिंह
मैले पत्रकारिताको एक दशक (१२ वर्ष) भन्दा बढिको यात्रामा मोफसलको जिल्ला सिरहाबाट स्थानीय पत्रिका, रेडियो, क्षेत्रीय पत्रिका, रेडियो र राष्ट्रिय पत्रिका, रेडियो, टेलिभिजनमा काम गर्दै जाँदा आफ्नो मिहिनेत, सकृयता, निश्पक्षता, निडरता, इमान्दारिता, विश्वनियता, तटस्तता र आर्थिक पारदर्शिताले नेपाल पत्रकार महासंघ शाखा सिरहाको सहसचिव, सल्लाहकार र प्रेस चौतारी नेपाल शाखा सिरहाको सदस्य हुँदै वर्तमानमा सगरमाथा अञ्चलंको सचिवको जिम्मेवारी बहन गरिरहदा २०७३ जेठ ६, ७ र ८ गते हुन लागेको प्रेस चौतारी नेपालको राष्ट्रिय अधिवेशनमा भुगोल तर्फ प्रदेश नं. २ बाट केन्द्रिय सदस्यको लागि उम्मेदवारी दिने निर्णय लिएको छु ।

मोफसल पत्रकारिताको यस यात्रामा ब्रेक लगाउन विभिन्न समयमा विभिन्न पक्षबाट भएको म माथिको आत्रमण, स्वतन्त्र प्रेस तथा पत्रकारितामा बढ्दै गइरहेको विकृति विरूध गरिएको संघर्ष र विभिन्न पक्षबाट दिएको पुरस्कारले मात्रै मेरो अहिलेको परिचय र योग्यता बनेको छ । यस अनवरत संर्घषशिल यात्रामा धेरै–धेरैको साथ, सहयोग, मार्गदर्शन र मायामा मेरो वर्तमान अडिएको छ रअडिनेछ । यसैले अगामि दिनमा र यस अधिवेशनमा पनि सवैको साथ, सहयोगको अपेक्षा लिएको छु । निर्णय तपाइँहरुकै हातमा छ। ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..