» » मातृका यादवले उठाउनुभयो कैलाली र महोत्तरी मुद्दाको कुरा


काठमाडौ जेठ ११ गते । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष मातृका यादवले कैलाली र महोत्तरी घटनाको छानविन गरि त्यहाँको मुद्दा फिर्ता लिनुपर्ने कुरामा जोड दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएका सर्वदलीय बैठकमा नेता यादवले मधेशवादी दलसँग वार्ताका लागि पहिला वतावरण बनाउनु पर्ने अनि मात्र वार्ताका लागि बोलाउनु पर्ने कुरामा जोड दिएको स्रोतले जनाएको छ ।

वार्ताप्रति मधेशवादी दल विश्वस्त हुनुपर्छ अनि मात्र वार्ता सार्थक र परिणाममुखि हुन्छ, उहाँले बैठकमा भन्नुभएको थियो कि मधेशमा मुख्य दुईटा घटना भएको छ, कैलाली र महोत्तरीमा । त्यहाँ थुप्रै आन्दोलनकारीहरु समातिएका छन् थुनामा छन् कोही फरार छन् कमसे कम त्यहाँको समस्या के छ त्यसलाई सम्बोधन गरेर वार्ताको वतावरण तयार गर्न सकिन्छ ।

त्यसको जवाफमा प्रधानमन्त्री अ‍ोलीले आफू वार्ताका लागि हरहमेशा तयार रहेको प्रतिकृया दिँदै मधेशी मोर्चाले उठाउँदै आएको कुराको सम्बोधन गरेर नै आफूले हिजो पत्र पठाएको तैपनि उहाँहरु असन्तुष्ट हुनुुहुन्छ भने आफू के गरौं भनि धारणा राखेका थिए ।

उहाँले आफूले पठाएको पत्र र मधेशी मोर्चाले पठाएको दुवै पत्र पढेर सुनाउनु भएको थियो ।
यसैबीच एमालेका नेता अग्नी खरेलले मधेशी मोर्चासँग सल्लाह गरेर नै यो बैठक बोलाएको भन्नुहुँदै बैठक बोलाएर नआउनु राम्रो नभएको टिप्पणी गर्नुभयो । पहिला ९ः३० बजेको समय तय भएको थियो तर पछि उहाँहरुले नै १०ः३० बजेका लागि समय तय गर्नुभएको तर पछि आफूहरु बैठक बसि सल्लाह गरेर मात्र बैठकमा आउने जानकारी गराएको खरेलले बताउनुभयो ।

आजको बैठकमा वार्ताप्रति काँग्रेस सबभन्दा बढी लचिलो देखिएको थियो । वार्ताबाट चाँडै समाधान निकाल्न जोड दिएका थिए । वार्ता र संवादको कारण संक्रमणकाल धेरै दिन लम्ब्याएर हुँदैन काँग्रेसको धारणा थियो ।
पहिलो आन्तरिक तयारी गरेर मात्र आन्दोलनकारीलाई वार्तामा बोलाउन उचित हुने धारणा पनि काँग्रेसले राखेको थियो । त्यस्तै मधेशी मोर्चाको ठाउँमा गठबन्धनलाई नै वार्ताका लागि पत्र लेख्न सरकारलाई कुनै अप्ठ्यारो नभएको धारणा पनि बैठकमा उठेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..