» » होस्टलबाट हराएका विद्यार्थी रक्सौलमा भेटिए


सिन्धुली, वैशाख २३ गते । सिन्धुलीमा यही वैशाख १७ गते बिहानदेखि हराएका बालक आज रक्सौलमा भेटिएका छन् ।

सिन्धुलीमाढीस्थित सूर्योदय इङ्लिस बोर्डिङ स्कुलको होस्टलबाट हराएका आदर्श बस्नेत आज बिहान १० बजे वीरगन्जको रक्सौलमा भेटिएका हुन् ।

एकसातापछि भेटिएका उनी किन विद्यालयको होस्टल छाडेर भागे भन्ने कुरा खुल्न सकेको छैन । कलकत्ता जान लागेको खबर पाएपछि परिवारका सदस्यहरु खोज्न रक्सौल पुगेका थिए । अहिले ती बालकलाई विद्यालयका प्राचार्य सोनी पाण्डेसहित आफन्तले लिएर आउँदैछन् ।

छोरो किन भागेको हो भन्नेमा अन्योल रहेको र केही नबताएको आमा रमा बस्नेतको भनाइ छ । यता विद्यालयका प्राचार्य पाण्डेले भने पारिवारिक सरसल्लाहका आधारमा बालकलाई होस्टलमा राख्ने कि नराख्ने भन्ने दुवै पक्षको छलफलपछि मात्र निर्णयमा पुगिने बताउनुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..