» » चिनले पनि मुख खोले


काठमाडौ बैशाख २५ गते । नेपालमा सरकार परिवर्तनको प्रयास असफल भएलगत्तै चीनले राजनीतिक स्थायित्व कायम गर्न सुझाव दिएको छ । चिनियाँं परराष्ट्रमन्त्री वाङ यीले बेइजिङस्थित नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा हिजो उक्त विचार व्यक्त गर्नुभएको हो ।

मास्केका अनुसार वर्तमान अवस्थामा नेपालको राजनीति निकै तरल रहेको र पछिल्लो राजनीतिक विकासक्रमलाई चीनले गम्भीर रूपमा लिएको संकेत पनि वाङले दिनु भएको थियो । ‘परराष्ट्रमन्त्री वाङले नेपालका राजनीतिक दलहरूका बीचमा सहकार्य हुनुपर्ने कुरामा जोड दिनुभयो,’ मास्केले कान्तिपुरलाई बताउनु भयो । राजनीतिक स्थायित्वकै कारण चीनले छोटो समयमा विकासको फड्को मारेको अनुभव सुनाउँदै उहाँले नेपालका राजनीतिक दलहरूबीच राम्रो समझदारी र साझेदारी हुनुपर्ने शुभेच्छा चीनले राखेको बताएको मास्केले उल्लेख गर्नुभयो ।

नेपालमा छोटो समयमै सरकार विघटन हुंँदा चीनसँगका समझदारी तथा सम्झौताहरू बेवारिस हुन सक्ने बेइजिङको आकलन छ । चीनले विभिन्न माध्यमबाट यो विषयमा नेपाललाई सुझाव दिँदै आएको छ । राजदूत मास्केसँगको भेटमा पनि परराष्ट्रमन्त्री वाङले नेपालमा राजनीतिक स्थायित्व हुनुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो ।

चारवर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका राजदूत मास्केले वाङसँग शुक्रबार बिदाइ भेट गर्नुभएको थियो । शुक्रबारै इटली भ्रमणबाट स्वदेश फर्किएका वाङले अपराह्न ५ बजे राजदूत मास्केलाई परराष्ट्र मन्त्रालयमा भेट दिनुभएको थियो । ४० मिनेट लामो भेटमा चिनियाँ परराष्ट्र मन्त्रालयका आधा दर्जनभन्दा बढी अधिकारीहरू उपस्थित थिए । राजदूत मास्के कार्यकाल पूरा गरेर आगामी सोमबार नेपाल फर्कंदै हुनुहुन्छ भनि कान्तिपुरमा समाचार छ ।

भेटका क्रममा परराष्ट्रमन्त्री वाङले नेपाललाई सहयोग गर्ने वचनबद्धता दोहोर्‍याउँदै नेपालको आर्थिक विकासमा चीनले थप सहयोग गर्ने बताएको राजदूत मास्केले उल्लेख गरे । भारत, नेपाल र चीनबीचको आर्थिक कोरिडरको अवधारणालाई अगाडि बढाउन चीन सक्रिय रहेको उल्लेख गर्दै उनले चीन र दक्षिण एसियाबीचको सम्बन्धमा नेपालको महत्त्वपूर्ण भूमिका रहेको कुरा खुलस्त


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..