» » सविताहरुलाई बाँच्न देउ (सम्पादकीय)


घरमा श्रीमान तथा सासु ससुराले मानसिक यातना दिएपछि घर छाडेर हिँडेकी बारा कलैया नगरपालिकाका सविताले बैशाख ११ गते साँझ आफनै दुई नाबालिका छोरीहरुलाई हत्या गरि आफै आत्महत्याको प्रयास पनि गर्नुभएको थियो । सवितालाई उहाँका श्रीमान, सासु ससुराले यतना दिनुको कारण छोरी जन्माउनु हो । सविताले काजल र अनिताको जन्म दिनु भएको थियो । जब कि घरका श्रीमान, सासु सासुराले छोरा जन्मियोस् भनि चाहेका थिए तर त्यो इच्छा २२ वर्षीया सविताबाट पुरा नभएपछि कडा यातना दिन थालेका थिए ।
ती यातना सहन नसकेपछि सविताले आफ्ना दुई छोरीलाई पानीमा डुवाएर हत्या गर्नुभएको कुरा प्रहरी समक्ष स्वीकार गर्नुभएको छ । आफ्ना छोरीलाई हत्या गरेपछि स्वयं पनि आत्महत्याको प्रयास गर्नुभएको थियो । झण्डै त्यही बेला स्थानीयहरु आइ दिएपछि सविताको ज्यान जोगिएको हो । कस्तो मानसिक यातना दिनु भएको थियो, जसबाट आजित भएर सविताले आफ्ना दुई छोरीलाई हत्या गरेर आफ्नो हत्या गर्ने प्रयास पनि गर्नुभयो । पक्कै पनि आत्महत्या गर्नु भनेको मानवको अन्तिम छनौट । चारैतिरबाट आशा मारिएपछि मात्र आत्महत्यको बाटो रोज्छ ।
तराई मधेशमा यस प्रकारको हिंसा सामान्य बन्दै गएको छ । छोराको चाहनामा हुने महिला हिंसा तराई मधेशमा घर घरको कहानी हो । कसैले पनि आफ्नो घरमा छोरी जन्मियोस् भनि चाहेका हुँदैन । सबैले छोरा नै चाहेका हुन्छन् । कोही छोरीको चाहना बाहिर रुपमा देखाए पनि भित्र रुपमै छोराको चाहना नै पालेका हुन्छन् । सविता जस्तै अन्य धेरै महिलाहरुले परिवारलाई छोरा दिन नसक्दा पोलिएका छन् । झुण्डिएका छन् । तर यसको रोकथाम कतैबाट भएको छैन । बरु यो कुरा मधेशको देहातबाट शहर बजारसम्म फैलिएको छ ।
छोरा नजन्माएको निहुँमा घरपरिवारले दिने गरेको यातना मानवअधिकारको घोर उल्लघंन हो तर घरपरिवारको झगडा हो भन्दै नजर अन्दाज गर्दै आइरहेका हुन्छन् । त्यही नजर आन्दाजका कारण आज दुई जना बालिकाको ज्यान गयो । अब घरपरिवारलाई पश्चाताप गर्नुभन्दा अरु कुनै उपाय नै छैन । जबसम्म समाजले छोरीलाई छोरासरह सन्तानको रुपमा मान्यता दिँदैन तबसम्म यो अवस्था कायमै रहन्छन् ।
सिंगहा नदीको छेउमा रहेको सिसौंको हाँगा काट्न गएका भेडियाहीका साबीर भेडिहरले सवितालाई आफ्ना छोरीहरुलाई पानीमा डुवाउँदै गरेको देख्नु भएको थियो । त्यो देखेपछि उहाँले गाउँलेलाई बोलाउनु भएको थियो । स्थानीयहरुले पानीमा रहेका दुई बालिकालाई तत्कालै पानीबाट झिकेपनि बचाउन सकेका थिएन । उहाँहरुका अनुसार ती दुईबालिको मृत्यू पानीमै भइसकेको थियो । बच्चाहरुलाई पानीमा चोबेलेर मारेपछि ती महिलाले पनि पानीमै डुबेर आत्महत्याको प्रयास गर्नुभएको थियो । तर नदीमा तीन चार फिट मात्र पानी भएकाले उहाँको त्यो प्रयास असफल भएको थियो । नाबालिकाको शव नजिकै सविताले टाउको बजारेर रुदै गर्नुभएको थियो । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सविता देवीले घरपरिवारबाट मानसिक यातना दिएका कारण छोरीको हत्या गरेको स्वीकार गर्नुभएको छ । तर उहाँले यो पनि भन्नुभयो कि परिवारको यातना सहन नसकि छोरीहरुको हत्या गरे तर अहिले पश्चाताप भइरहेको छ ।
छोरा भएपछि दहेजमा लाखौ रकम भित्र्याउन सकिन्छ भनि उद्देश्यले छोरीभन्दा छोरालाई बढी मान्यता दिएको हुन्छ । छोरी अर्का घरको जात हो । पठाउँदा उल्टै लाखौ दहेज दिएर पठाउनुपर्छ भनि त्रास आमाबुवामा हुन्छ त्यही भएर छोरीहरु यसधर्तीमा आफ्नो कोखबाट नजन्मियोस् भनि प्रायः आमाबुवाको चाहना हुन्छ तर ती आमाबुवाले यो हिसाब किताब गर्दैनन् कि छोरीभन्दा धेरै बढी खर्च छोरामा लाग्छन् । जुन माया, स्नेह, सेवा छोरीबाट पाउँछन् त्यो छोराबाट पाउन सकिदैन । हिसाब गर्ने हो भने छोरीभन्दा छोरामा सैयों गुणा बढी खर्च लाग्छ तर पछि गएर अधिकाँश आमाबुवा त्यसैबाट दुख पाउँछन् । बुढेस लागेका आमाबुवालाई बृद्धाआश्रममा लगेर राखदिन्छन् तर छोरीले यस्तो काम कदापी गर्न सक्दैन । जस्तो सुकै जस्तो दुख सहेर पनि आमाबुवालाई आफैसँग राख्न चाहेका हुन्छन् ।
छोराहरुलाई लाखौ लगानी लगाएर पढाएका हुन्छन्, आमाबुवाहरुले । पढेपछि सबैले जागिर पाउँछन् भने छैन यदि त्यसले जागिर पाएन घरै बस्नुपर्ने स्थिति आयो भने आमाबुवाले छोरालाई मात्र होइन, बुहारी, नाति, नातिनालाई पनि कमाएर खुवाउनुपर्छ । र, यस्तो धेरै उदाहरणहरु छन् । छोरी त आमाबुवाका बोझ कदापी होइन । निश्चित अवधिमा विहेबारी गरेर आफ्नो घर जान्छन् तर छोराहरु त सधैका लागि आमाबुवासँगै हुन्छन् । जागिर नखाउन्जेल वा कुनै विजनेश व्यपार नगरुन्जेल आमाबुवाकै सहारामा बाँचेका हुन्छन् । त्यसैले छोरा छोरीबीच भेदभाव नगरी सविताहरुलाई बाँच्न देउ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..