» » शिवकुमारीले गरिन आत्महत्या

महोत्तरी, वैशाख २८ गते । महोत्तरीको सिस्वाकटैया गाविसमा आज बिहान एक महिलाले आत्मदाह गरेर आत्महत्या गरेकी छिन् ।

सिस्वाकटैया गाविस–८ सहसराम बस्ने अजय रामकी पत्नी २२ वर्षीया शिवकुमारी देवीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

आत्महत्याका क्रममा भएको आगलागीबाट उनको घर समेत जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

घरायसी विवादका कारण उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । मृतककी दुई वर्षीया छोरी छन् भने पति वैदेशिक रोजगारमा छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..