» » जलेश्वर नगरपालिकाको बजेट ३३ करोड


गौशाला, वैशाख ३० गते । महोत्तरीको जलेश्वर नगरपालिकाले आगामी आव २०७३÷०७४ का लागि रु ३३ करोड ६१ लाख ४२ हजार १२० को बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको २०औँ नगरपरिषद्मा कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले आज प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्चतर्फ रु चार करोड ८२ लाख ५३ हजार १०० र पुँजीगत तथा कार्यक्रमतर्फ रु २८ करोड ७८ लाख ८९ हजार २० विनियोजन गर्नुभएको छ ।

त्यसैगरी, आयतर्फ उहाँले आन्तरिकतर्फ रु दुई करोड ६५ लाख ९८ हजार ८०० र नेपाल सरकार तथा बाह्य स्रोतबाट रु ३० करोड ९५ लाख ४३ हजार ३२० रकम सङ्कलन हुने लक्ष्य लिएको जानकारी दिनुभयो ।

त्यस्तै अधिकृत चौधरीले चालु आव २०७२÷०७३ का लागि रु १४ करोड ५५ लाख ३९ हजार ७९१ को संशोधित खर्च बजेटसमेत प्रस्तुत गर्नुभयो ।

आव ०७३÷७४ मा जलेश्वरनाथ महादेव मन्दिर, भार्गवसर, बरुणसर र पुरन्दरसर तलाउलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, इन्जिनियरिङ कलेज स्थापना पहल गर्ने कार्यक्रम अगाडि सारिएको छ ।

नगरपालिकाबाट एम्बुलेन्स र शव वाहन सञ्चालनका लागि विभिन्न दातृ निकायसँग सहयोग लिने तथा नगरको प्रत्येक वडामा युवा सञ्जालसँग समन्वय गरी ‘फ्री वाइफाइ जोन’ स्थापना गर्नेजस्ता ३३ सूत्रीय कार्यक्रम सार्वजनिक गरिएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..