» » ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने

बारा बैशाख ३० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री गाविन्द चौधरीले तराई मधेसको समस्या समाधान गर्न सरकार उदासिन रहेको टिप्पणी गर्दै भन्नुभयो, सार्थक वर्ताको विश्वासिलो आधार तय गरे मात्र वर्ताका लागि सोच्न सकिन्छ ।

वार्ताको नाममा सरकारले नौटकीं गरेको आरोप लगाउँदै महासचिव चौधरीले वार्ताको बहानामा आन्दोलन रोक्ने प्रयास भइरहेको छ, वार्ताको लोभ नफस्न आग्रह गर्नुभयो ।

त्यस्तै सोही पार्टीका अर्का महासचिव जितेन्द्र सोनले मधेशी मोर्चाद्धारा प्रस्तुत ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनु भएका छ ।  जेठ १ गतेदेखि हुन लागेको काठमाडौ केन्द्रीत आन्दोलनलाई रोक्न सरकारले अनेक उपाय लगाई रहेको उल्लेख गर्दै सोनलले मधेशी जनता काठमाडौमा पनि लड्न तयार रहेको बताउनु भयो ।

सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा मधेशलाई ललिपप देखाएको दावी गर्दै उहाँले नीति तथा कार्यक्रमलाई मधेशी जनताले स्वीकार नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, सरकारले ल्याएको नीति तथा कार्यक्रमले तराई मधेसलाई अझै उपेक्ष गरेको छ । जनताले कुनै पनि हालतमा स्वीकार गर्दैन । नीति तथा कार्यक्रममार्फत नै सरकारले मंसिरमा स्थानीय चुनाव गराउने घोषणा गरेको छ त्यो एकदमै गैरजिम्मेवारी घोषणा भएको बताउँदै उहाँले स्थानीय चुनाव गराउन चुनौति दिनुभयो ।

बिधार्थी फ्रन्टका केन्द्रिय अध्यक्ष सुरेश मण्डलको सभापतित्वमा सम्पन उदघाटन कार्यक्रममा सासदहरु चन्दा चौधरी, विपी यादव, ब्रजेश गुप्ता, रमेश कुर्मी, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्यहरु नवलकिशोर सिह, , श्याम गुप्ता, परमहंस केसरी, लगायतले बोल्नु भएको थियो ।

मधेसको २२ जिल्ला , काठमान्डौ उपत्यकाका ३ जिल्ला, पोखरा र भारतका गरी करिब ४ सय ८० जना प्रतिनिधी तथा पर्यवेक्षकहरुको सहभागिाता रहेको छ ।  बैसाख ३१ ग्ते सम्म चल्ने अधिवेशनले न्या नेतृत्व चयन गरिदै सम्पन हुनेछ ।   

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..