» » ज्यान मुद्दामा फरार अभियुक्त लिम्बु पक्राउ


विराटनगर, जेठ ६ गते । कर्तव्य ज्यान मुद्दामा १० वर्षको सजाय पाएका फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।

सुनसरीको पाँचकन्या–५ बस्ने २४ वर्षीय सुनील लिम्बूलाई पक्राउ गरी झुम्का कारागार चलान गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

सुनसरी जिल्ला अदालतको ०७१ साल चैत ४ गतेको फैसलाले लिम्बूलाई १० वर्षको कैद सजाय तोकेको थियो । क्षेत्रीय अनुसन्धान समूहले विशेष सुराकीका आधारमा लिम्बूलाई घरबाट नै पक्राउ गरेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..