» » श्रीमानको पञ्जावी कमाईले श्रीमतीको बालुवाटार घेराई



धनुषा रमदैया १ का सुनिता महराको हातमा सेतो ब्याण्डेज लगाईएको छ, तैपनि त्यही हातले झण्डा पनि समात्नु भएको छ र अर्को हातले ब्यानर पनि । बालुवाटारमा नारा लगाउँदै र भन्दै हुनुहुन्छ, मधेशी एकता जिन्दावाज । केपी ओली चोर, देश छोड । हातमा ब्याण्डेज लगाएपनि यत्रो जोशका साथ मधेशका एकजना महिला पुरुषहरुको भिडमा बालुवाटारमा नारा लगाई रहँदा मधेश जागि सकेको भान हुन्थ्यो ।

मधेशी मधेशमा मात्रै होइन, काठमाडौमा पनि आफ्नो अधिकारका लागि तागत देखाउन सक्छ भनि परिचय दिएका छन् ।

जेठ ४ गते संघीय गठबन्धले प्रधानमन्त्री निवास बालुवाटार घेराउको क्रममा सुनिता महरासँग भेट भयो । उहाँसँग कुरा गर्ने अवसर पनि प्राप्त भयो । सोही अवसरमा उहाँलाई सोधि हाले तपाई काठमाडौ किन आउनु भएको छ, उहाँले पुरै जोशका साथ भन्नुभयो, मधेशको अधिकारका लागि । मधेशमा यत्रो दिन आन्दोलन गर्दा यो बहिरो सरकारले नसुनेपछि हामी काठमाडौ आएका हौं ।’ ६ महिनासम्म मधेशमा आन्दोनल गर्दा नसुन्ने यो सरकारले काठमाडौमा दुई चारदिन आन्दोलन गर्दैमा सुन्ला भने के ग्यारेण्टी ? भने जिज्ञसामा उहाँले पुरै विश्वासका साथ भन्नुभयो, अधिकार दिने कुरा सरकारको हातमा छ, हामीले अधिकार लागि लड्दैछौ, हामी आफ्नो कर्तव्य निर्वाह गर्दैछौ, सरकारले आफ्नो कर्तव्य निर्वाह गर्नुहुनेछ ।’

सुनिता महरा यसअघि एमाले पार्टीमा हुनुहुन्थ्यो । १६ वर्षसम्म लगातार सो पार्टीमा काम गरेपनि हात लागि भयो शुन्य । एक त त्यहाँ मधेशीको लागि खुलेर बोल्न नपाउने, मधेशीका लागि खुलेर काम गर्न नपाउने उल्टै दिनरात काम गर्यो उपलब्धि शुन्य आफ्नै अनुभव सुनाउँदै सुनिताले भन्नुभयो, एमालेमा हुँदा पनि मैलै २४ घण्टा त्यसकै लागि काम गरे तर पार्टीले जहिले पनि अवसरहरुबाट टाढा राखे । जबदेखि फोरम नेपालमा प्रवेश गरे त्यो बेलादेखि खुलेर कुरा गर्न पाइरहेको छु । आफ्नो अनुकुल राजनीतिकमा सक्रिय छु ।’

सुनिता महरा फोरम नेपालको होलटाइमर कार्यकर्ता जस्तो हुनुभएको छ । दुई छोरी र एक छोराका आमा उहाँका श्रीमान् फेकु महरा रोजगारीका लागि पञ्जावमा हुनुहुन्छ । राजनीतिकमा फेकुको पुरै सहयोग छ । फेकु पञ्जावमा कमाएपछि त्यसबाट घर चल्छ र त्यसैबाट सुनिताले राजनीतिक पनि खर्च गर्नुहुन्छ ।

फेकुले पनि सुनितालाई राजनीतिक गर्न प्रेरेरित गरिरहनु हुन्छ, राजनीतिकमा लागेदेखि सुनिताको मानसमान देखेर फेकुले आफ्नो लगानी खेर नगएको कुरा साथी भाइलाई सुनाई रहनुहुन्छ । दलित समुदायको भएपनि सुनितालाई सबैले त्यतिकै मानसम्मान रहेको छ । सरकारी काम होस् वा गैरसरकारी कही कुनै अड्चन भयो भने सुनिता महरालाई गुहार्न आउँछन् त्यहाँका जनता ।

उहाँले डाइरेक्ट सिडियोदेखि एसपीसँग कुरा गर्नुहुन्छ र जनताका कुरा राख्नु हुन्छ । जनताका लागि सिडियो कार्यालयमा गएर सिडियोसँग धेरै पटक झगडा गरेको अनुभव छ उहाँसँग ।
सुनिता महरा पढे लेखेका छैनन् । तैपनि कागजपत्रका सबै काम उहाँले गर्नुहुन्छ । गाउँमा थुप्रै विकासका कामहरु उहाँले गर्नुभएको छ ।

सडक निर्माणदेखि लिएर पाइप जडान र मर्मतका कामहरु पनि गर्नु भएको छ । त्यसका लागि पढाईको आवश्यकता पर्छ तर अहँ कहिले त्यस्तो अप्ठ्यारो भएन । उहाँलाई हस्ताक्षर गर्न मात्र आउँछ, पढ्न आउँदैन । तर हस्ताक्षर गर्नुअघि सबै कुरा छोराबाट वा अरु कसैबाट पढ्न लगाएपछि मात्र हस्ताक्षर गर्नुहुन्छ ।

यसपाली अधिकार लिएर नै काठमाडौबाट फर्किने उद्देश्यका साथ यहाँ आएको भन्नु हुँदै सुनिताले भन्नुभयो, यसपाली काठमाडौबाट अधिकार नलिई फर्किनु पर्यो भने यो देशका लागि नराम्रो अवस्था हुनसक्छ, त्यसैले ओलीलाई आग्रह गर्न चाहन्छु कि मधेशको अधिकार दिनुस् नभए मधेशी जनता मधेशमै गएर अधिकार खोज्न थाल्यो भने फेरि अप्ठ्यारो हुन्छ ।’


बालुवाटार घेराउ गर्ने क्रममा प्रहरीसँग भएको झडपमा सुनिताको हातमा चोट लागेका छ । तैपनि घाउको पीडिा बिर्सि आन्दोलनमा निरन्तर लाग्नु भएका छ । सलाम छ सुनिता महरालाई 
;xf/f 6fOD; klqsfaf6

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..