» » हुने भयो, ठूलो धनराशीको क्रिकेट खेल

राकेश यादव
रौतहट जेठ १६ गते । नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिहले आज चन्द्रनिगाहपुरमा उदघाटन गर्ने क्रिकेट प्रतियोगितामध्ये तराईकै ठूलो धनराशीको रहको छ ।

भोलिदेखि २७ गतेसम्म देशका १६ स्थानको टिमका सहभागितामा गणेशमान सिह स्मृति राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगिता अनुमानित १५ लाखको खर्चमा हुने भएको छ ।

सरस्वती युवा क्लवको आयोजनामा हुने प्रतियोगिताको खेलमा प्रथम पुरस्कार एक लाख १० हजार, द्धितिय पुरस्कार ५१ हजार, उत्कृष्ट खेलाडी लाई २० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याच दुई हजार पाँच सय रहने आयोजकले जनाएको छ ।

आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका संयोजक देवराज कार्कीले मोफसलमा खेलाडीलाई व्यवसायीक बनाउन यस किसिमको प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । प्रतियोगिताले घट्दै गएको क्रिकेटतर्फ खेलाडीलाई आकर्षित गर्नु, खेलाडीलाई व्यवसायीक बनाउदै लैजानु, मध्य तराईको खेल प्रतियोगितालाई राष्ट्र र अन्तराष्ट्रियस्तरमा परिचय गराउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..