» » र्इशानको बारेमा लेख्न किन चुक्दैछन् मधेशी पत्रकारहरु

मधेश र मधेशीको लागि हाई हाई गर्दै नथाक्ने मधेशप्रेमीहरु अचानक गुप्तवासमा गए की कसो ? किन काठमाडौंको यस ठिटोको अदम्य साहसको प्रशंसा गर्न हिचकिचाइरहेका छन् मधेशी बुद्धिजिवीहरु ? किन यिनको गिरफ्तारीविरुद्ध आवाज उठाउन डराइरहेका छन् मधेशी अधिकारकर्मीहरु ।

मधेशीको रगतले रंगिएको सिंहदरबारको वास्तविक चरित्र उदांगो पार्न सिंहदरबारको सेता पर्खालहरु रंगाउँदै आएका र्इशानको बारेमा लेख्न किन चुक्दैछन् मधेशी पत्रकारहरु ।

अलिकति लाज होस महाशयहरु, तपाईहरु तारे होटलमा कफीको चुस्की लिएर पकौडा खाँदै मधेशीलाई अधिकार दिलाउने भाषण दिनुहुन्छ । यस युवाले अन्यायमा परेका जनताको माग सम्बोधन गराउन निर्जल व्रत सुरु गरेको छ ।

तपाई नेताहरु जनतालाई अगाडी सारेर तिनको लाशमाथि टेकेर सत्ताको बारगेनिङ गर्नुहुन्छ । यो युवा जनताको रगतको हिसाब माग्दै एक्लै अगाडि बढेको छ । जतिबेला तपाई सडकमा नारा लगाउँदै, मधेशीको लाश गन्दै, कागजमा ती कथा लेखेर देश र विदेशमा नाम कमाउन व्यस्त हुनुहुन्थ्यो, यो युवा एक्लैले मधेशका गाउँ गाउँ घुमेर तिनको घरभित्रै गई तिनका पीडा सुन्दै थियो ।

जति बेला तपाई खोक्रा आश्वासन बाँड्दै हुनुहुन्थ्यो, यो युवा मधेश आन्दोलनका सहिदहरुको परिवारका लागि सहयोग संकलन गर्दै थियो ।

तपाईहरुको चरित्र देखेर भन्न मन लाग्यो, सच्चाई छुप नही सकती बनाबटके उसुलोंसे ।
facebook बाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..