» » श्यामसुन्दरको अध्यक्षतामा प्रेस फोरम सप्तरी गठन

सप्तरी बैशाख २७ गते । नेपाल टेलिभिजनका सप्तरी संवाददाता एवं न्यूज टूडे दैनिकका सम्पादक श्यामसुन्दर यादवको अध्यक्षतामा आज संघीय प्रेस फोरम सप्तरी गठन भएको छ ।

संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन संघीय प्रेस फोरमको सप्तरी उपाध्यक्षमा न्यूज टूडे दैनिकका संवाददाता एवं आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष बृजमान तामाङ, सचिवमा नागरिक दैनिकका जितेन्द्र झा, सहसचिवमा सीएफएमका दीपा कर्ण, कोषाध्यक्षमा राजविराज टूडेका धर्मपाल राउत चयन भएका छन् ।

१९ सदस्यीय जिल्ला तदर्थ समितिको सदस्यमा एभिन्यूज टेलिभिजनका वरिष्ठ सम्वाददाता एवम् सप्तरी जागरणका सम्पादक बैद्यनाथ यादव, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर एवम् समाचार वाचक शिवप्रताप साह, ग्रीन मधेश दैनिकका सम्वाददाता गङ्गाप्रसाद साह, राजविराज टुडेका सम्वाददातात्रय राजु शर्मा, किशोर पासवान, रामनाथ चौधरी भोरुकवा एफएमका समाचारवाचक राजेन्द्र मिश्र, न्यूज टुडे एवम् सत्यापन साप्ताहिकका सम्वाददाता रामनाथ यादव, चन्द्रमा एफएमकी बन्दना मण्डल, छिन्नमस्ता एफएमका समाचार प्रमुख रविन्द्र साह, कार्यक्रम प्रस्तोताद्वय अञ्जु यादव, पल्लबी मिश्र, सिएफएमका सम्वाददाता विद्यानन्द राम, सञ्चारकर्मी सनोज विश्वास रहनु भएको छ ।

अध्यक्ष यादव यसअघि एमालेका भातृ संगठनमा प्रेस चौतारीमा हुनुहुन्थ्यो । चौतारी मधेश प्रति पूर्वाग्रही भएको भन्दै चौतारी छाडेर फोरममा प्रवेश गर्नुभएको हो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..