» » मधेशी मोर्चाद्धारा आज पनि संसद बहिष्कार


काठमाडौँ, वैशाख २५ गते । व्यवस्थापिका–संसद्को आजको बैठक पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिष्कार गरेको छ ।

सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले मधेसकेन्द्रित दलले उठाउँदै आएको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाउँदासम्म सदनको कारबाहीमा सहभागी नजनाउने भन्दै बहिष्कार गरिएको जानकारी गराउनुभयो ।

सदनको कारबाही बहिष्कार गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायत छन् ।

राजदूता फिर्ता बोलाएकोमा आपत्ति
व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए ।

सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत हो भन्नुभयो ।

सरकार परिवर्तनमा लागेको, राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेको जस्ता आरोप लगाएर राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको भन्दै उहाँले सरकारसँग सदनमा आएर सो विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले सरकार परिवर्तन गर्ने विषय सार्वभौम संसद्को विषय भएकाले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्दै राजदूतसँग जोडेर गरिएको प्रचार पूर्णत गलत भएको बताउनुभयो ।

सांसद डा महतले गैर जिम्मेवार, अपरिपक्व, प्रतिशोधपूर्ण निर्णय गर्दै सामान्य विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुले दुई मुलुकबीचको सम्बन्धमा प्रभाव पार्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले एनसेलको विषयलाई लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अफवाह भइरहेको भन्दै सो विषयमा सरकारको धारणा माग गर्नुभयो । राज्यको दायित्व पूरा नगरी कर नतिर्ने प्रवृत्तिलाई उत्साहित गरिएको भन्दै सांसद डा महतले सरकारले सदनमा सो विषयमा प्रस्ट जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..