» » चालक सङ्घद्धारा अनुमतिपत्र माग


विराटनगर, जेठ  १७ गते । नेपाल इ–रिक्सा चालक सङ्घले विद्युतीय रिक्साको दर्ता र चालक अनुमतिपत्र निर्वाध रुपमा उपलब्ध हुनुपर्ने माग गरेका छन् ।

सो सङ्घद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो माग राखिएको हो । सो अवसरमा सङ्घका जिल्ला अध्यक्ष दीपककुमार मण्डल, राजवंशीले विद्युतीय रिक्सा चालकले सवारी चालक अनुमतिपत्रका लागि सामेल परीक्षामा सबैलाई उत्तीर्ण गराउनुपर्ने, प्रहरीको नियन्त्रणमा दर्ता नभएका १४३ वटा विद्युतीय रिक्सालाई जरिवाना नलिकन छोड्नुपर्ने र रु ५०० देखि रु एक हजार ५०० सम्मको जरिवानाको नियम खारेज हुनुपर्ने माग गरिएको बताउनुभयो ।

विद्युतीय रिक्सालाई दिएको को१ह को प्लेट नम्बर खारेज गरी पैडल रिक्साजस्तै नम्बर दिनुपर्ने, परिक्षणका लागि चलाइएका रिक्सा बन्द हुनुपर्ने, विराटनगर उपमहानगरपालिकाले विद्युतीय रिक्सा नम्बर प्लेटका लागि जेठ १३ गतेसम्ममा बिक्री भएका रिक्सालाई मात्र सम्बन्धित कार्यालयले दर्ताका लागि कायम राखिनुपर्नेलगायतमा माग अघि सारेका छन् । सङ्घले सोही माग राखेर आजै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..