» » शरतसिह भण्डारीले भन्नुभयो, वर्तमान सरकार हिटलरभन्दा बढी क्रुर

सप्तरी, वैशाख २८ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत सिंह भण्डारीले वर्तमान सरकार हिटलर तानाशाही भन्दा क्रुर भएको आरोप लगाउनु भएको छ ।

छ महिनाभन्दा बढी समयसम्म मधेशी जनताले आन्दोलन गर्दा त्यसलाई समाधान गर्नुको सट्टा दमन गरेर दर्जनौ मधेशीको ज्यान लिएको बताउँदै उहाँले नश्लीय चिन्तनबाट ग्रसित वर्तमान सरकार देशमा सर्वसत्तावाद लाद्न खोजिरहेको आरोप लगाउनु भयो ।

राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेशीको अधिकार शान्तिपूर्ण आन्दोलनले मात्र प्राप्त हुने भएकाले राज्यको क्रुर दमनको सामना शान्तिपूर्ण ढंगले गर्ने बताउनुभयो ।

 शान्तिपूर्ण आन्दोलनमा अपार शक्ति हुने गरेकोले आफूहरु शान्तिपूर्ण आन्दोलनकै बाटो अख्तियार गरेको प्रष्ट्याउँदै उहाँले भन्नुभयो ‘लोकतन्त्र समेत खतरामा पर्ने अवस्था सिर्जना भएकोले निरंकुश एवम् तानाशाहीहरुको थलो मानिने सिंहदरवार केन्द्रीत आन्दोलनमा सम्पूर्ण शोषित तत्पीडित जनता उत्रन लागेका छन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रोकेर दुई देशबीचको सम्बन्धमा राज्यले खलल पुर्याएको आरोप लगाउँदै उहाँले राष्ट्रपति भण्डारीसँग पार्टीको कार्यकर्ता झैं व्यवहार गरेको आरोप लगाउनुभयो । ‘मित्रराष्ट्र भारतसँगको सम्बन्ध बिगारेर नेपालको हित नहुने बताउँदै अध्यक्ष भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली मानसिक रुपमै विरामी भएको कुराको परिचय आफैले दिईरहेको आरोप लगाउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..