» » दुर्घटनाबाट गम्भीर घाइते


धनुषा, वैशाख ३० गते । ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–२५ स्थित लक्ष्मीनिया पेट्रोल पम्पनजिकै जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको वि आर ३२ एच नम्बर नखुलेको बोलेरो गाडीलाई ओभरटेक गर्न खोज्दा वि आर ३२ एच ६५८५ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ज ८ प १३४३ नंको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी भारतको जिल्ला मधुवनी, बसरा बस्ने ३५ वर्षीय विजयकुमार यादव, जयनगर बस्ने ३२ वर्षीय विवेक झा र जनकपुर उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय उदयकान्त पाण्डे घाइते भएका हुन् । घाइतेको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारका लागि विजय यादव र विवेक झालाई धरान तथा उदयकान्त पाण्डेलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..