» » माधव नेपाल भने, सरकार परिवर्तनको सम्भावना नै छैन



विराटनगर, बैशाख २० गते । 
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले कुनै पनि विषयमा असन्तुष्टि छ भने बसेर छलफल गर्न सकिन्छ भन्नुभयो ।

वर्तमान सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो – कतै गल्ती देखिएमा सच्याउन प्रधानमन्त्री तयार हुनुहुन्छ ।

अहिले मुलुकका लागि संविधान कार्यान्वयन नै महत्वपूर्ण विषय रहेको र यसका लागि सबै दलबीच एकता आवश्यक रहेको उहाँको भनाइ थियो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को आजदेखि विराटनगरमा हुन गइरहेको प्रथम महाधिवेशनले पनि एकताको सन्देश दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..