» » हिजो संसदमा प्रधानमन्त्री ओलीले दिएको भाषणप्रति राजेन्द्र महतोको कडा प्रतिकृया

काठमाण्डौ, बैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार संसदमा गर्नुभएको सम्बोधनबारे सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कडा प्रतिक्रिया दिनु भएको छ। महतोले संसदमा कमेडी गर्दै भाषण ठोकेर देश र मधेशको समस्या समाधान नहुने बताउनुभयो  ।
प्रधानमन्त्रीले हिजो संसदमा गरेको सम्बोधनलाई लक्षित गर्दै सदभावना पार्टीका अध्यक्ष महतोले भभ्नुभयो, प्रधानमन्त्री कुरा भाषण र बोलीमा मात्रै सीमित रहँदा देश र मधेश दुबै समस्यामा झन् अल्झिँदै गएको छ।

वार्ता र संवादको माध्यमले मधेशको माँग पूरा गर्ने प्रधानमन्त्री ओलीको भनाईबारे महतोले भन्नुभयो, संसदमा र अरू ठाउँमा वार्ता र संवादको चर्को कुरा गर्ने तर त्यसलाई व्यवहारमा नल्याए समस्या कहिले समाधान हुँदैन।ु
महतोले प्रधानमन्त्री ओली माथि मधेशको समस्या बारे थोरै पनि गम्भीर नरहेको र समस्या समाधान गर्न पट्टकै पनि नचाहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ओली सरकार बने पछि दर्जनौं पटक वार्ता भयो तर सरकारी पक्ष कहिले गम्भीर भएर प्रस्तुत भएन।ु

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन बारे प्रतिक्रिया लिन पुगेका संचारकर्मीहरूलाई महतोले ओलीलाई गणतन्त्र नेपालकै सबैभन्दा कमजोर र असफल प्रधानमन्त्री भएको दाबी गर्नुभयो । उहाँले ओलीको बोली माथि कटाक्ष गर्दै भन्नुभयो, कमेडी र उखान टुक्काले देश  चल्दैन। महतोले मधेशको राजनीतिक समस्या समाधान नगरि नयाँ संविधान कार्यान्वयन नहुने ठोकुवा समेत गरे।

प्रधानमन्त्रीद्वारा संविधानको पुनर्लेखन बारे संसदमा गरेको टिप्पणीमाथि सदभावना अध्यक्ष महतोले आपत्ति जनाउनुभयो । उहाँले संविधानको पुनर्लेखनको माग मधेशी मोर्चाको नरहेको स्पष्ट पार्दै संविधान संशोधननै रहेको बताउनुभयो । ुओलीजीले मधेशको मुद्दा डाईभर्ट गर्न खोजे। मधेशी मोर्चाले कहिले पनि र कुनै पनि वार्तामा संविधान पुनर्लेखनको कुरा गरेको छैन। हामी संविधान संशोधनबाटै मधेशी थारू लगायत यस देशका सम्पूर्ण आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएका, सीमान्तकृत समुदायको खोसिएको अधिकार सुनिश्चित गर्न आन्दोलनमा छौं, उहाँले भन्नुभयो ।

सीमाँकन बारे प्रधानमन्त्री ओलीले दिएको मंतब्यमा आफूहरूको घोर आपत्ति रहेको बताउँदै महतोले एक वर्षमा सीमांकनको मुद्दा टुंग्याउने प्रमको अभिव्यक्तिले मधेशी जनता झन् आक्रोशित बनेको बताउनुभयो । महतोले भन्नुभयो, एक वर्षमा सीमांकनको विवाद सुल्झाउने भनेको मधेशमा एक वर्ष सम्म द्वन्दलाई अझ निम्ताउने हो। सीमांकन लगायत ११ बूँदे मोर्चाको माँग हाम्रो बटमलाईन हो।ु सीमांकन विवाद समाधान नभए सम्म मधेश समस्या समाधान नहुने र देशमा पनि स्थायित्व र स्थिरता नआउने महतोले दाबी गर्नुभयो ।

राजेन्द्र महतोले ओली सरकार मधेशको राजनीतिक समाधानबारे मात्रै असफल नभएको अपितु देशमा फैलिएको कालोबाजारी र माफियातन्त्रलाई पनि निस्तेज गर्न पूर्ण रूपमा असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, नाकामा अवरोध हटेको महिनौं बिति सक्दा पनि देशको जनताले सहज रूपमा तेल, ग्यास र औषधि समेत नपाउनु सरकारको निकम्मापन हो।ु महतोले प्रधानमन्त्री ओली भूकम्प पीडित जनतालाई राहत दिनुको सट्टा पूरै सरकार र सरकारीतन्त्र कालोबाजारी र माफियातन्त्रलाई संस्थागत गर्नमा व्यस्त रहेको आरोप समेत लगाउनुभयो ।

के भनेका थिए केपी होलीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजा संसदमा एक घण्टा ४५ मिनेट लामो भाषण दिएका थिए । सरकार ढल्ने खतराबाट मुक्त भएका प्रधानमन्त्री ओलीको अनुहारमा बेग्लै रौनक थियो । मानौ कुनै ठूलो बाजी मारे जस्तो ।
उनले आफ्नो लामो भाषणको क्रममा सरकार ढाल्न भएको खेलदेखि पुनः निर्माण, मधेशवादी दल तथा भारत र चीनको बारेमा समेत आफ्नो कुरा राख्न भ्याए । कालोबजारी, भ्रष्टाचारी, सुरक्षाको बारेमा पनि आफ्नो कुरा राख्न उनले भ्याए । विपक्षि दलदेखि सरकारमा सहभागि एमाआवादी पार्टीसम्मलाई पनि उनले कटाक्ष गर्न पनि भ्याए ।

अरु दिनको तुलनामा नरम र सभ्य रुपमा प्रस्तुत हुनुभएका केपी शर्मा ओली मधेश आन्दोलनको बारेमा बेखबर देखिएका थिए । उनले मधेशको सबै समस्या समाधान भएको जस्तो आफ्नो धारणा राख्दै भनेका थिए, मधेशको समस्या समाधान हुने गरि सविधान संशोधन भएको छ, संविधान पुनर्लेखन हुनै सक्दैन । आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ ।’

केही दिन पहिले संघीय गठबन्धनको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सविधान संशोधन होइन, अब पुनःर्लेखन हुन्छ भनि अभिव्यक्ति दिएका थिए, त्यही कारणले प्रधानमन्त्री ओलीले यो प्रतिकृया दिएका हुन् ।

सिमांकनको मुख्य माग राखी आन्दोलन गरिरहेका मधेशवादी दलका लागि उनले यतिसम्म भने कि द्धन्द र तनावले सिमांकनको समस्या समाधान हुँदैन, संवाद र छलफलबाट सिमांकनको विवाद मिलाउ ।’ एक वर्षमा सिमांकन तय गर्न सवैधानिक आयोग गठन गरी सिमांकनको विवाद टुग्यांउन संयन्त्रण पनि बनाएको कुरा राखेको धारणा उनले राखेका थिए ।

मधेशवादी दलले उठाउँदै आएको नागरिकताको सवालमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धारणा राखेका छन् । उनले विहे गर्ने वित्तिकै जन्मदेशको नागरिकता छाडेपछि नेपाली नागरिकता दिने व्यवस्था गरेको धारणा राखेका थिए ।

संविधानले सबैलाई अधिकार दिएको भन्दै ओलीले भने, नयाँ संविधानपछि राष्ट्रपति, सभामुख र
प्रधानन्यायाधीश महिला छन् । यस्तो विश्वमा बिरलै छ ।’ संविधानले अधिकार दिएकैले महिलाहरु राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश भएको उल्लेख गर्दै उनले भने, ‘संविधानले अधिकार दिएकाले उहाँहरु त्यहाँ पुग्न सफल हुनुभयो ।’ उनले संविधानमा कतै कमजोरी नभएकाले संविधान विरोधी कुनै पनि भावना नबढाउन उनले मधेशवादी दललाई आग्रह पनि गरे ।

मधेशवादी दलले वर्तमान सरकार नश्लवादी, जातिवादी रहेको आरोप लगाउँदै आएका छन् त्यसको प्रतिकृयामा प्रधानमन्त्री ओलीले संविधानमा कहाँनिर विवाद छ ? जातिवादी क्षेत्रवादी कुरा गरेर नश्लवादी सोचलाई अगाडि नबढाउन आग्रह गरे ।

ओलीले मधेस केन्द्रित दलहरुको मागलाई पुरा गर्ने र संवादबाट समाधान खोज्ने सन्दर्भमा संविधान संशोधन भएको उल्लेख गरे । उनले संघीय संरचना निर्माण शुरु भएको समेत प्रष्ट पारेका छन् । संविधान कार्यान्यवनका क्रममा न्यायाधीश नियुक्ति, प्रधानन्यायाधीश सिफारिस र २१ देशमा राजदूतको सिफारिस भएको छ । भन्दै ओलीले सरकारले काम तिब्र रुपमा गरिरहेको उल्लेख गरे ।

उनले आफ्नै कार्यकालमा तराई मधेशमा आन्दोलन भएको र आवगमन अवरुद्ध भएको तर त्यसको समाधान आफैँले गरेको सम्झना गरे र भारतलाई इकिंत गर्दै उनले भने, एउटा नाकामा दुईचार जना बस्दा सबै नाका थुनिन्थे ? कसरी त्यस्तो भयो ? त्यसमा कुरा बुझौं ।’  मधेसका माग सम्बोधनका लागि संयन्त्र बनाइएको र त्यसले पटक पटक संवाद गरेको कुरा पनि स्मरण उनले गरे । सरकारले मधेस आन्दोलनका घाइतेको उपचार नगरेको भन्नु गलत हो भन्दै ओलीले मधेस आन्दोलनका घाइतेको उपचारका लागि बिल अनुसारको रकम भुक्तानी भइरहेको प्रष्ट पारे ।

मधेशवादी दलले आन्दोलनको क्रममा मुद्दा लगाईएका तथा समातिएकालाई रिहाय गर्नुपर्ने तथा मुद्दा फिर्ता लिनुपर्ने गर्दै आएको मागमा ओलीले मधेस आन्दोलनका मुद्दाको खारेजी एउटा प्रक्रियाबाट हुने समेत प्रष्ट पारे र भने, अदालतको सहमति र कानुनी प्रक्रियाबाट यी मुद्दा फिर्ता हुन्छ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..