» » फरार अभियुक्त पक्राउ

सप्तरी, जेठ ६ गते । कर्तव्य ज्यान मुद्दामा छ वर्ष अगाडि सजाय पाएका फरार एक व्यक्तिलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीे टोलीले सप्तरीको लोहजारा–६ बस्ने हरिकृष्ण भीनवार यादवलाई पक्राउ गरेको हो ।

पूर्व गाविस सचिवसमेत रहेका ४५ वर्षीय भीनवार यादवलाई २०६७ साल कात्तिक ९ गते सर्वोच्च अदालत काठमाडौँले ज्यान मारेको उद्योगमा छ महिना कैद सजाय सुनाएको थियो । प्रहरी निरीक्षक गौरव महतका अनुसार पक्राउ परेका यादवलाई आजै कारागारमा पठाइने छ ।

यस्तै, कैदी भगाएको आरोपमा जिल्ला अदालतबाट ६१ वर्ष कैद पाएर पनि फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको त्रिकौल–८ बस्ने बिहारी गोदी मलाहा र पिप्रा पूर्व गाविस–५ बस्ने ५५ वर्षीय रामफुल मलाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सप्तरी जिल्ला अदालत राजविराजले कैदी भगाएको अभियोगमा दुवैजनालाई ६१ वर्षको कैद सजाय सुनाएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..