» » दुर्घटनामा परी बालकको मृत्यु

नवलपरासी, जेठ १७ गते । नवलपरासीको बैदौली–८ बसहियास्थित भित्रि सडकखण्डमा आज भएको सवारी दुर्घटनामा पाँच वर्षीय एक बालकको मृत्युभएको छ ।

बसहियाबाट बर्दघाटतर्फ आउँदै गरेको ना२ख ८८८० नं को दूध बोक्ने ट्याङ्करले सोही स्थानका पाँच वर्षीय सनी पासीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट घाइते भएका पासीको उपचारका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर र ट्याङ्करका चालक प्रहरी नियन्त्रणमा छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..