» » सहिद परिवार भन्छन्, माओवादीका कारण हाम्रो परिवारले दुख पायो


कपिलवस्तु जेठ ३ गते । २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौता भयो । माओवादीहरु जगलबाट बाहिरा आए ।  नेतृत्व तहका नेताहरु  सरकारमा गए मन्त्री भए तर हामीलाई बिर्सिएको छ, यो बिलौना कपिलवस्तुका सहिद परिवारहरुको हो ।
द्धन्द्धको समयमा हामीलाइ प्रयोगी गरी अहिले सत्ता लिप्सको करण आफूहरुलाई एमाओवादीका नेताहरुले बिर्सिएको सहिद परिवारको आरोप छ । देशमा लोकतन्त्र गणतन्त्र स्थापन भयो सबै मोटाए तर सहिद परिवारको बालिदानी विर्सिएको आरोप लगाँदै पिडित सहिद परिवारहरुले नेताहरुले नेताहरुलाई सहिदले कहिले माफ नगर्ने आलोचना गर्नुभयो ।
माओवादीहरु आफ्नो स्वार्थ करण पटक पटक पार्टी फुटाएर सत्त्तामा पुगेर सहिदहरुलाई विर्सिएको शिवगढी गाविसकी शहिद परिवार सुमित्रा रोक्काले अरोप लगाउनुभयो । सुमित्राको श्रीमान दिल कुमार रोक्का वि।स २०५२ सालमा तत्कालिन माओवादीमा लागेर २०६१ सालमा आर्घाखाचीमा नेपाली सेनाको घेरामा परेर आप्नो प्राणको अहुतीे दिनुभएको थियो ।

श्रीमान सहिद भएपछिी अफुुलाई धेरै समस्याहरुसँग  एक्लै जुध्नु परेको दुखेसो पोख्नु भन्नुभया, दुई छोरा एक छोरीलाई कसरी पालि रहेको छु त्यो कुरा कसैले सोधेको छैन ।

 सरकारले तीन किस्तामा पाँच लाख राहत दिए पनि द्धन्द्धको घाउ अझै आलो नै रहेको रोक्का परिवारले बताए ।
शिवगढीकै आर्का सहिद परिवार जोग बहादुर घर्ती भन्नु हुन्छ, माओवादीले गर्दा हाम्रो परिवार दुख पायो , द्धन्द्धवाट बचेका छोराछोरीहरुले पढना पाएनन ।

पहिले पहिले नेताहरुले ठुलो ठुलो अस्वासन दिए पनि एक दशक भयो हाम्रो अवास्था के भन्ने खबर पनि लिन नआएको भन्दै घर्तीले अक्रोष पोख्नु भयो । यो  पिडा सुमित्रा र जोग बहादुरको मात्र होइन कपिलवस्तुका एक सय ६८ सहिद परिवार अहिले देशको अवास्था देखेर दुखीत भएका छन । नेताहरुले ठुलो ठुलो घर बनाए तर हाम्रो झुपडीको झुपडी नै रहयो भन्दै सहिद परिवारहरुले मओवादी नेताहरु प्रती असन्तृष्टी व्यक्त गर्नुभएको छ ।
सहिद परिवारहरुले अझै पनि आप्नो परिवारको बरेमा सोच्ना नेताहरुलाई आग्रह गर्नुभएको छ । सहिद परिवारले आप्नो परिवारलाई सीप मुलक तालिम दिए पेट पल्ना सजिलो हुने उहाँहरु बताउँनु हुन्छ ।  कपिलवस्तु जिल्ला शान्ति समिति तौलिहवाका सयोजक सुरेश शर्माका  अनुसार १ सय ६८ जना सहिद परिवारमध्ये अझै पनि ३९ जना परिवारले राहत पाउन बाँकी रहेको बताउनु भयो । कपिलवस्तुमा ८ जना बेपता परिवार रहेको तथ्याकमा उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..