» » घुस लिएको आरोपमा गाविस सचिवमाथि मुद्दा दायर


काठमाडौँ, जेठ १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धविच्छेद भएको प्रमाणपत्र बनाउन भनी दिएको निवेदनमाथि कारबाही गर्दा एक सेवाग्राहीसँग घुस लिएको अभियोगमा काभ्रेपलाञ्चोक खहरेपाँगु गाविसका सचिव लेखनाथ पौडेलविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार गाविस सचिव पौडेल सम्बन्धविच्छेद घटना दर्ता गरी प्रमाणपत्र तयार पार्ने क्रममा सेवाग्राहीसँग रु चार हजार घुस लिँदालिँदै थलामा नै पक्राउ परेका थिए । आयोगले पौडेलउपर बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..