» » चीन भ्रमणमा नलगे आन्दोलन गर्ने चेतावनी

काठमाडौ बैशाख २९ गते । आगामी जेष्ठ ६ गते चीनमा हुन लागेको ‘युथ कल्चर फेस्टिवल’मा सत्तारुद्ध नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुलाई मात्र सहभागी गराउन खोजेको भन्दै मधेशी युथ थिंक ट्यांकका अध्यक्ष डा. विनय पञ्जियारले विरोध जनाउनु भएको छ ।

समानुपातिक समावेशिताको सिद्धान्तलाई सत्ता सञ्चालक नेकपा एमालेले नै खिल्ली उडाएको आरोप अध्यक्ष डा. पञ्जिायरको छ ।

उहाँले आज प्रेस विज्ञप्ति जारी गरी खस समुदायबाट जम्बो टोली उक्त कार्यक्रममा राज्य कोषको दुरुपयोग गरी जान लागेकोले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । उहाँले नेपालका हरेक समुदायको समानुपातिक सहभागिता हुनुपर्ने माग नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको छ ।

पञ्जियारले सबै समुदायका युवाहरुसँग छलफल गरी उक्त कार्यक्रममा हरेक समुदायका युवाको समानुपातिक समावेशी सहभागिता हुनुपर्ने माग गर्नुभएको छ । मुलुकका अन्य समुदायलाई बेवास्ता गरी भ्रमणमा अन्य

समुदायलाई बेवास्ता गरियो भने आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत डा. पञ्जियारले दिनुभएको छ ।
यसैगरी, सत्तारुढ दल मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का भ्रातृ संगठन मधेशी विद्यार्थी फोरम, नेपाल (लोकतान्त्रिक) ले पनि चीन भ्रमणमा मधेशी समुदायका युवाको पनि सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ । विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले मधेशी युथ थिंक ट्यांकको यस कार्यमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..