» » सरकार गिराउन र बनाउन मधेशी मोर्चाको यस्तो रणनीति


काठमाडौ बैशाख २२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा फेरि एक पटक चर्चामा आएका छन् । यसअघि आन्दोलनका कारण चर्चामा थिए भने अहिले आएर सत्ताको खेलमा लागेका कारण चर्चामा आएका छन् ।
अहिलेको सत्ताको साँचो मधेशी मोर्चाको हातमा गएको छ । जता घुमायो उतै घुम्ने । तर त्यससको फाइदा मधेशी मोर्चाले कति लिन्छ त्यसमा भर पर्छ । आजै काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका मधेशी मोर्चाले सरकार परिवर्तनका लागि सहयोग गर्न तयार भएपनि आफ्नो मुद्दा र मागको बारेमा केही कुरा गरेका छैन ।

मधेशी मोर्चाले सरकार ढाल्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ । सरकार ढलीसकेपछि मात्र त्यसले आफ्ना मागहरु तेर्साएर काँग्रेस र एमाआवादीसँग बार्गेनिगं गर्नेछ । सरकार गठनको समयमा मधेशी मोर्चाका नेताले आफ्नो माग तेर्साएर काँग्रेस र एमाओवादीसँग बार्गेनिगं गर्ने तयारीमा मधेशी मोर्चा रहेको बुझिएको छ । सरकार ढालेर एमाले र एमाओवादीको गठबन्धन भत्काएपछि काँग्रेस र एमाओवादीलाई सडकमा ल्याएर मात्र मधेशी मोर्चाले आफ्नो मागको बारेमा कुरा गर्ने भएका छन् ।

काँग्रेस र एमाओवादीले क्यासमा मधेशी मोर्चाको माग सम्बोधन गरेन भने सरकार गठनमा मधेशी मोर्चाले सहयोग नगर्न पनि सक्छ, मोर्चाका एक नेताले भने, सत्ताको साँचो पुनः मधेशी मोर्चाको हातमा आउँदैछ । सरकार ढालेर मोर्चाले काँग्रेस र एमाओवादीसँग मात्र होइन, एमालेसँग पनि बार्गेनिगं गर्न सक्छ, त्यसैले आज आफ्नो मागको बारेमा मधेशी मोर्चाले कुनै कुरा नराखी सिधै सरकार ढाल्नेमा बढी जोड दिएका छन् ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले भन्नुभयो, मधेशी मोर्चा सरकारमा जाँदैनन्, मधेशको मुद्दा सम्बोधन नभएसम्म मधेशी मोर्चा अहिलकै अवस्थामा सरकारमा नजाने यो कुरा हामीले काँग्रेसलाई पनि भनेका छौ । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि मधेशी मोर्चा सरकारमा जाँदैन, पहिलो चरणको काम सरकार ढाल्ने रहेको बताए ।

यद्यपी मधेशी मोर्चाको आधिकारीक निर्णय आइसकेको छैन । भारतको योजनामा सरकार ढल्ने र बन्ने भएकाले मधेशी मोर्चाका लागि पनि भारतले योजना बनाएर बसेका छन् । भारतीय दूतावासका एक स्रोतले भने, मधेशी मोर्चा पनि सरकारमा जान्छ तर अलि ढिलो । एक चरणमा काँग्रेस, एमाओवादीलगायतका दलहरु सहभागि हुन्छ र त्यो सरकारले मधेश मुद्दाको सम्बोधन गर्छ त्यसपछि मधेशी मोर्चालाई सरकारमा सहभागि गराउँछ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..