» » मधेशी मोर्चाद्धारा संसद बहिष्कार


काठमाडौं बैशाख २४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय समावेशी मधेसी गठबन्धनले आजको संसद बष्हिकार गरेको छ ।
संसद बैठकको सुरुमै संघीय समाजवादी फोरमका नेता अशोक राईले आफुहरुले उठाएका मागप्रति सरकार उदासिन देखिएकाले संसदमा सहभागी नहुने जानकारी दिँदै नाराबाजी गर्दै संसदबहिष्कार गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद अकवाल अहमदले बताउनु भयो ।

संसदको बैठकमा शुक्रबार अर्थमन्त्रीले बिहीबार पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल शुरु भएको छ।

‘हामीले उठाएका मागमा सरकार उदासिन देखिएको छ,’ संसद बैठकमा नेता राईले भने ‘यस्तो अवस्थामा संसदमा सहभागी भइरहन सक्ने अवस्था नरहेको जानकारी गराउन चाहन्छौँ।’  नेता राईले आफ्नो भनाइ राखेपछि गठबन्धनमा रहेका दलका सांसदहरु बैठकस्थलबाट बाहिरिएका थिए।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..