» » » महाधिवेशन सफल पार्नका लागि तमलोपाले बनाए ११ समिति


काठमाडौ जेठ ७ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरु गठन भएका छ ।
असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीको रामग्राममा हुने महाधिवेशनलाई सफल पार्नका लागि ११ वटा समितिहरु गठन गरेको र सबैको जिम्मेवारीहरु पनि तोकेको छ ।

महामन्त्री जितेन्द्र सोनलका अनुसार महाधिवेशन व्यवस्थापन समन्वयन समितिको संयोजकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीलाई राखेको छ भने राजनीतिक दस्तावेज तयार गर्ने जिम्मेवारीमा अर्का उपाध्यक्ष वृषेशचन्द्रलाललाई संयोजक बनाएको छ ।

नीति तथा कार्यक्रम समितिमा महासचिव सर्वेन्द्रनाथ शुक्ला, महाधिवेशन सचिवालय व्यवस्थापन समितिमा महामन्त्री गोविन्द चौधरी, प्रचार प्रसार समितिको संयोजकमा महामन्त्री जितेन्द्र सोनललाई राखिएका छ भने केन्द्रीय सदस्य वृजेशकुमार गुप्तालाई विधान परिमार्जन समितिमा राखिएका छ । अर्थ समितिमा महामन्त्री सर्वेन्द्रनाथ शुक्लालाई राखिएको  छ ।

त्यस्तै अतिथि व्यवस्थापनमा कमलेश्वर पूरीलाई राखिएको छ । स्वयं सेवक एवं सुरक्षा व्यवस्थापन समितिमा बीपी यादवलाई संयोजकमा राखिएको छ । डा.सुरेन्द्र झालाई स्मारिका प्रकाशन समितिको संयोजकमा राखिएको छ भने सहसंयोजकमा कामरेन्द्र वर्मालाई राखिएको छ । आकस्मीक उपचार समितिमा रामानन्द पंडितलाई संयोजक बनाएको छ भने सहसंयोजकमा चन्द्रकान्त झालाई राखिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..