» » रक्सि भट्टीमा राजस्व कार्यालद्धारा छापा

मनिष गुप्ता
,कपिलवस्तु, जेठ १३ गते । जिल्लास्तरीय अबैध मदिरा नियन्त्रण समितिको संयोजक आन्तरिक राजस्व कार्यालय कृष्णनगरका सक्रियता र इलाका प्रशासन कार्यालय चन्द्रौटाको सहकार्यमा अबैध घरेलु मदिरा नियन्त्रणका लागि पुनं छापा मारिएको छ  ।

कपिलवस्तुको शिवराज नगरपालिका ५, वनकट्टीमा अबैध रुपमा संचालन भएका घरेलु मदिराभठ्ठीमाथि प्रशासनको अगुवाईमा लगातार दोस्रो पटक छापा मारेको हो ।

छापाको क्रममा टोलीले अबैध रुपमा संचालन भएका रक्सीभठ्ठीबाट ६ हजार घरेलु मदिरासहित २२ क्विन्टल कच्चा पदार्थ, ५० क्विन्टल सहायक कच्चा पदार्थ, विषादी, मदिरा उत्पादन गरी भण्डारण गरिने २ सय ओटा ठूला प्लाष्टिकका ड्रम, धातुका ठूला भाँडाकुँडा लगायतका सामग्री बरामद गरेको छ ।

अबैध घरेलु मदिरा उत्पादनको मुख्य केन्द्र मानिने वनकट्टीलाई पटक पटक सचेत गराउँदा समेत अटेर गरी मदिरा उत्पादनमा तीब्र जनगुनासो बढेपछि छापा मार्नु परेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्याले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको वनकट्टीमा अबैध रुपमा खोलिएका मदिराभठ्ठीको दुर्गन्धले त्यसक्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको जनगुनासो बढेको भन्दै अबैध मदिरा उत्पादन कार्यलाई पूर्ण रुपमा बन्द गर्न पहल चालेको उपसचिव पाध्याले बताउनुहोस् ।

दुई दिन अघि जेठ १० गते ठूलो परिमाणमा अबैध घरेलु मदिरा सहित कच्चा पदार्थ बरामद गरेपनि मदिरा उत्पादन कार्य नरोकिएपछि पुनः छड्के अनुगमन सहित छापा मारेको उपाध्याको भनाई छ ।

यता आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत सुरेन्द्र पाण्डेले अबैध रुपमा उत्पादित मदिराले सर्वसाधारणको स्वास्थ्यमाथि ठूलो खेलवाड भएको र राजस्व असुलीमा असर पर्ने भएको हुँदा यस किसिमको कार्यलाई निरुत्साहित पार्न अबैध घरेलु मदिरा नियन्त्रणमा राजस्व कार्यालयले सक्रियता बढाएको बताउनुभयो ।

अनुगमनका क्रममा कर अधिकृत पाण्डेयले स्थानीयलाई यस किसिमको अबैध कार्य बन्द गरी अन्य सम्मानजनक व्यवसायतर्फ उन्मुख हुन स्थानीयलाई सुझाव दिनुभयो ।

अनुगमनसँगै सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गण चन्द्रौटाका प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवाल, इलाका प्रशासनका सुब्बा सुभाषचन्द्र बरई, आन्तरिक राजस्व कार्यालयका सुब्बा हुमबहादुर विष्ट, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र कुमार श्रेष्ठ, वडा प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक रामप्रसाद आचार्य, संचारकर्मी लगायत झण्डै एक सय जनाको टोली त्यस क्षेत्रका विभिन्न घरमा पुगी छापा मारेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..