» » मधेशी दल सरकारमा नगएपनि देउवालाई मत हाल्ने


काठमाडौ बैशाख २१ गते । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा भारतबाट फर्के लगतै सरकार परिवर्तनको खेलमा दौडधुप गरिरहनु भएको छ । जेठ १५ गतेअघि नै सरकार परिवर्तन गर्ने तयारीका साथ उहाँ सरकारभित्र तथा बाहिर रहेका विभिन्न दलका नेताहरुसँग छलफल शुरु गरेका छन् ।

मधेशवादी दलबाट हरियो सिग्नल पाइसकेपछि मात्र देउवाले यस्तो कदम चालेको काँग्रेस निकट सुत्रको दावी छ । दिल्ली जानुअघि देउवाले मधेशी मोर्चाका नेताहरुलाई आफ्नै घरमा बोलाएर सरकार परिवर्तनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । सो आग्रहमा मधेशी मोर्चाका नेताहरुले खुलेर सरकारलाई समर्थन गर्ने नगर्ने बारे प्रतिकृया नदिएपनि त्यहाँ ओली सरकारको आलोचना गर्नुभएको थियो ।

यहाँसम्म कि देउवासँगै रहेका रामचन्द्र पौडेलले एमालेलाई बजेट ल्याउन दिनु हुँदैन, एमालेले बजेट ल्यायो भने सबै दलको हालत खराब हुन्छ, जसरी पनि बजेट ल्याउन रोक्नुपर्छ, बजेट ल्याउनु अघि नै सरकार परिवर्तन गर्नुपर्छ र त्यसमा मधेश मोर्चाको साथ चाहिन्छ भन्नुभएको थियो ।

जवाफमा सरकारमा सहभागि हुने नहुने कुरा प्रष्ट नपारे पनि ओली सरकार रहनु हुँदैन मधेशवादीले भन्नु नै देउवालाई समर्थन हो भनि बुझेर देउवा भारतमा गएर त्यही कुरा गर्नुभएको थियो । मधेशवादी दलको आफूलाई समर्थन रहेको कुरा भारतलाई सुनाएर आएका देउवा एमाओवादीलाई फकाउन लागेका छन् ।

काँग्रेसका एक नेताले सहारा टाइम्ससँग कुरा गर्दै भने, मधेशवादी दल सरकारमा प्रत्यक्ष सहभागि हुन तयार छैन तर देउवालाई सघाउन तयार भएका छन् । प्रधानमन्त्रीका लागि मतदान भयो भने मधेशवादी दलका सांसदले देउवालाई मत हाल्ने भइसकेका छन् ।’

यसअघि पनि प्रधानमन्त्रीका लागि सुशिल कोइराला र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुँदा मधेशवादी दलले कोइरालालाई मत हालेका थिए । त्यो बेला मधेशी मोर्चा आन्दोलनमा थिए । र, पुनः त्यही अवस्था दोहोरिएको छ । मधेशवादी दलका नेताहरुले अनाकानी गरे भने भारत दवावमा देउवालाई मत हाल्न मधेशी नेताहरु बाध्य हुने ती नेतामा अटुट विश्वास देखियो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..