» » माओवादीको कार्यक्रम जारी, मातृका पनि एकीकरणमा सहभागि


काठमाडौँ, जेठ ६ गते । विभिन्न टुक्रामा विभक्त भएका माओवादी घटकले इतिहासमै सबैभन्दा ठूलो केन्द्रीय समिति बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने भएका छन् ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी रहेको एकीकृत नेकपा ९माओवादी०, नेकपा ९क्रान्तिकारी० ९माओवादी०, नेकपा ९माओवादी०, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संयुक्त केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

बैठकस्थलमा रहनुभएका एमाओवादी काठमाडौँका अध्यक्ष हिमाल शर्माका अनुसार एकता प्रक्रियालाई भव्य र व्यवस्थित बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ ।

एकता प्रक्रियामा सामान्य असहमति राख्दै आउनुभएका नेकपा ९माओवादी०का संयोजक मातृका यादव पनि एकता प्रक्रियामा आउन तयार हुनुभएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादीका संयोजक यादवबीच आज बिहान भएको संयुक्त बैठकपछि उहाँ पनि एकताको लागि तयार हुनुभएको हो ।

सबै माओवादी घटकको संयुक्त बैठक बसिरहेको र एकता प्रक्रियालाई टुङ्गो लगाउने तयारी गरिएको छ । बैठकपछि आजै अपराह्न ३ बजे संयुक्त एकता घोषणा सभाको आयोजना गरिने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

बुधबार साँझ बसेको एकता संयोजन समितिको बैठकले एमाओवादी अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । सोही प्रतिवेदनका आधारमा साङ्गठनिक विषयलाई टुङ्गो लगाइने र आज घोषणा गरिने छ ।

यस्तै रामबहादुर थापाले प्रस्तुत गर्नुभएको पार्टीको अन्तरिम विधानलाई पनि छलफलपछि पारित गरिने छ । एकता प्रक्रियामा नेत्रविक्रम चन्दको माओवादीबाट पनि एक दर्जन बढी केन्द्रीय सदस्य सहभागी हुने जनाइएको छ भने नयाँ शक्तिमा लागेकाहरु समेत एकता प्रक्रियामा सहभागी हुने एमाओवादीले जानकारी दिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..