» » तमलोपालाई फोनका कारण नवलपरासीमा सम्पर्क गर्न समस्या

काठमाडौ जेठ १० गते । तराई मधेश लोकतान्त्रिक पार्टीको हुन लागेको पहिलो महाधिवेशनको तयारी जोडतोडका साथ अगाडि बढी रहेको छ ।

गठन भएका विभिन्न ११ वटा समितिले आआफ्नो जिम्मेवारीका साथ अगाडि बढी रहेको छ । सोही काम गराईको क्रममा महाधिवेशन हुने स्थल नवलपरासीको रामग्राममा त्यहाँका कार्यकर्ता तथा नेतासँग व्यवस्थापनको बारेमा पटक पटक सम्पर्क गर्नु पर्दा फोनमा सम्पर्क हुन नसकिरहेको समस्याबाट तमलोपाका आजित भएको खबर प्राप्त भएको छ ।

अहिले सो क्षेत्रमा नियमित सम्पर्क गर्नु परेका कारण राम्रोसँग कुरा नहुने, भएपनि नबुझ्ने भएकाले तमलोपाले नेपाल दुरसञ्चार प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । पार्टीका केन्द्रीय सदस्य बीपी यादवले प्राधिकारणका कार्यकारी निर्देशक दिगम्बर झालाई फोन गरि त्यहाँको समस्याको बारेमा अवगत गराउनु भएको जानकारी प्राप्त भएको छ ।

निर्देशक झाले पनि त्यहाँको टावरको अवस्था के छ त्यस बारेमा बुझेर आफूले गर्न सकिने कार्य गर्ने जवाफ आएको नेता यादवले सहारा टाइम्सलाई बताउनुभयो ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..