» » ट्रयाक्टरको ठक्करबाट हुसेनको मृत्यू


महोत्तरी,  वैशाख ३० गते । ट्र्याक्टरले ठक्कर दिँदा महोत्तरीको कोल्हुवा वगेयामा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति कोल्हुवा वगेया–९ स्थित बर्दिवास जलेश्वर सडकखण्डमा बर्दिवास तर्फबाट बखरी चौकतर्फ आउँदै गरेको ज ७ प ४१७८ नंको मोटरसाईकललाई सोही दिशामा आउँदै गरेको ज १ त ५७५८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कोल्हुवा वगेया–५ का २४ वर्षीय बब्लु अन्सारी भन्ने सादिक हुसैनको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका हुसैनलाई थप उपचारका लागि जलेश्वरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही घटनामा परी गम्भीर घाइते भएका २८ वर्षीय नजरे साह र ११ वर्षीया निखत खातुनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक अन्सारीको शवपरीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको छ भने ज १ त ५७५८ नंको ट्याक्टर र ज ७ प ४१७८ नंको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । चालक फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..