» » मधेशका लागि ‘नो कम्परमाइज’


माओवादीको एकताले जुन क्षेत्रमा जसको जे चर्चा भएपनि सबभन्दा बढी चर्चा मातृका यादवलको रहेको छ । मोहन वैद्यबाट अलग भएर बादलले एमाओवादीसँग एकीकरण गर्यो त्यसले पनि त्यति चर्चा पाएन । माओवादीको एकीकरणको केन्द्रमा मातृका यादव रहेको छ । चर्चामा रहनुको कारण पनि रहेका छन् । उहाँले जुन चाइलेन्जका साथ प्रचण्डलाई छाडेर हिडिका थिए र पछि प्रचण्डसँग एकीकरण गर्नुभयो त्यो पनि एउटा चर्चाको विषय बन्यो ।

अर्को कुरा उहाँ शुरुमा एकीकरण गर्ने कुरा फाइनल भइसकेको थियो तर एकाएक एकीकरण नगर्ने भनि ब्याक हुनुभयो । उहाँ ब्याक भएपछि विभिन्न टिकाटिप्पणीहरु भयो । कसैले भारतीय विस्तारवाद शब्द नराख्न प्रचण्डलाई भनेको तर प्रचण्डले नमानेको कुराले एकीकरणमा नगएको भनियो भने कसैले प्रचण्डसँग पदमा कुरा नमिलेको कुरा पनि चर्चामा ल्याईयो । कसैले त मोहन वैद्य नआए एकीकरण नगर्ने मातृकाको अडान रहेको कारण एकीकरणमा नगएको पनि चर्चाहरु भयो ।

तर, माथीका सबै चर्चा निराधार रहेको मातृका यादवले भन्नुभयो । प्रचण्डसँग मधेशको मुद्दामा कुरा नमिल्दा एकीकरण नगर्ने अवस्था आएको थियो तर प्रचण्डले पछि सबै कुरा नमानेपछि मात्र एकीकरण सम्भव भयो । मातृका यादवले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, मधेश मुद्दाको बारेमा कुनै कम्परमाइज गर्ने बाला म छैन । मैले सिधै प्रचण्डलाई भने तपाई मधेशका मुद्दा र आन्दोलनलाई स्वीकार्नुहुन्छ भने म एकीकरण गर्न तयार छु नभए म जहाँ छु त्यही ठिक छु, किनभने मलाई मधेशमै राजनीतिक गर्नुछ । मधेशमा टेक्न सकिने वतावरण बनाई दिनुस् अनि मात्र एकीकरण सम्भव हुन्छ ।’

एकीकरणका लागि तयार भएको १३ बुँदे सम्झौतापत्रमा महान जनयुद्धलगायत अन्य आन्दोलनहरु उल्लेख गरेको थियो जहाँ मातृका यादवले मधेश आन्दोलन शब्द राख्नुपर्ने अडान लिनु भएको थियो । त्यस्तै अहिले मधेशमा भइरहेको आन्दोलन जायज छ भने कुरा पनि सम्झौतपत्रमा उल्लेख गर्नुपर्ने अडान लिनुभएको थियो । तर प्रचण्ड त्यसलाई स्वीकार गर्ने पक्षमा हुनुहुन्थेन । पछि त्यसलाई स्वीकार गरेपछि मात्र मातृका यादव एकीकरणका लागि तयार हुनुभयो ।

१३ बुँदै सम्झौतपत्रको पाँच नम्बरमा बुँदामा भनिएको छ, ‘महान जनयुद्ध, मधेश तथा जनजाति लगायतका र ऐतिहासिक जनआन्दोलनहरुका बलमा सामन्तवादमाथि राजनैतिक रुपमा जनताले विजय हासिल गरेका छन्.......।’ जवकि प्रचण्डले महान जनयुद्धको बलमा सामन्तवादीमाथि राजनैतिक रुपमा जनताले विजय हासिल गरेको कुरा राख्नु भएको थियो । सोहीकुरा प्रति असहमति जनाउ दिँदै ब्याक हुन थाल्नु भएको थियो तर पछि मधेश तथा जनजाति थपेपछि मातृका यादव पार्टीमा आउन तयार हुनुभयो ।

त्यस्तै बुँदा नम्बर १० नम्बरमा भनिएको छ, ‘मधेश तथा जनजातिहरुको आन्दोलनमा रहेका गलत नेतृत्वको आलोचना गर्दै आन्दोलन र जनताको जायज मागहरु पुरा गराउन सबै प्रकारको प्रयास गरिनेछ ।’ जब कि यो लाइन नै थिएन । सम्झौतामा तराई मधेशमा भइरहेको आन्दोलनलाई सम्बोधन नगर्ने हो भने त्यहाँ बस्नुको कुनै अर्थ रहँदैन, मातृका यादवले भन्नुभएको थियो ।

प्रचण्डको तर्क थियो, मधेशको माग जायज भएपनि आन्दोलनको नेतृत्व गलत व्यक्तिको हातमा गएको छ, त्यसलाई कसरी त्यतिकै कहाँ  स्वीकार गर्न सकिन्छ । त्यसमा मातृका यादवले पनि गलत नेतृत्वको पक्षमा आफू पनि नरहेको तर मधेशको एजेण्डा र अधिकारको लडाईमा आफ्नो सहमति रहेको छ, मधेशमा अहिले जति पनि मागहरु उठेका छन्, अधिकारका लागि लडाई भइरहेका छन् ती सबै माओवादी जनयुद्धकै देन हो, सायद माओवादीले जनयुद्ध नगरेको भए आज मधेश यसरी जाग्ने थिएन भनि प्रचण्डलाई कन्भिन्स गरेपछि प्रचण्डले १० नम्बर बुँदा संशोधन गर्नुभयो ।

मातृका यादव प्रचण्डसँग एकीकरण गर्नुअघिसम्म संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको मार्फत मधेशमा आन्दोलनरत हुनुहुन्थ्यो । एक मधेश एक प्रदेशको माग राख्दै मधेशमा आन्दोलन गरिरहनु भएका मातृका यादवले एकीकरण गरेपछि त्यसलाई कुनै पनि हालताम छाड्न सकिदैन्थ्यो त्यसले प्रचण्डसँग मधेशको बारेमा सारा कुरा कबुल गराएपछि मात्र एकीकरण गर्नुभयो ।

सहारा टाइम्स पत्रिकाबाट सभार

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..