» » सिहदरवार घेराउको बारेमा पत्रकार सम्मेलन

काठमाडौ बैशाख ३१ गते । संघीय गठबन्धनले भोलीदेखि शुरु गर्न लागेको काठमाडौ केन्द्रीत आन्दोलनको बारेमा जानकारी गराउन अहिले केही बेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमार्फत जेठ २ गते हुने सिहदरवार घेराउ कार्यक्रमको बारेमा जानकारी गराउनुको साथै भोली ठमेलमा हुने आमसभाको बारेमा जानकारी गराउन बताइएको छ ।

जेठ २ गते विहान नौ वजेदेखि सिहदरवार घेर्ने कार्यक्रम रहेको छ । त्यसका लागि संघीय गठबन्धनमा रहेका २८ वटै दल तथा संगठनले आआफ्नो कार्यकर्ता बोलाउने कार्य शुरु गरे शुरु गरेको छ । सविधान पुनः लेखनको माग गर्दै मधेशी मोर्चासहितको गठबन्धनले सिहदरवार घेराउ गर्न लागेको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..