» » हावाहुरीले रुख ढल्दा एक महिलाको मृत्यु

पर्सा, जेठ ५ गते । हावाहुरीले ढलाएको रूखले च्यापेर पर्साको निर्मलबस्तीमा मङ्गलबार एक महिलाको मृत्यु भएको छ । एक्कासि आएको हवाहुरीले रूख ढल्दा अन्य तीन जनासमेत घाइते भएका छन् ।

पर्सा वन्यजन्तु आरक्षको जङ्गलमा हावाहुरीले ढालेको रूखले च्यापेर पर्साको निर्मलबस्ती–५ की ३० वर्षीया शान्तमाया श्रेष्ठको मृत्यु भएको हो । घाइते भएकी शान्तमायालाई उपचारका लागि सदरमुकाम वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

रूखले च्यपिएर निर्मलवस्ती–५ कै ३५ वर्षीया दूधमाया श्रेष्ठ, ४० वर्षीय फुटुङ श्रेष्ठ र १६ वर्षीया मनिला श्रेष्ठ घाइते भएका छन् ।

उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । गाउँ नजिकै रहेको आरक्षको जङ्गलमा बाख्रा चराउन गएका चारैजनालाई साँझ ५ बजेतिर वर्षासँगै तीव्र गतिमा आएको हावाहुरीका कारण ढलेको सालको रूखले च्यापेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..