» » बसको ठक्करबाट अनुपचौधरीको मृत्यू

चितवन, जेठ १ गते । चितवनको रत्ननगरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । रत्ननगर–१९ स्थित झुवानी सडकमा बा१ख ६६०६ नम्बरको स्कुलबसको ठक्करबाट बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार साँझ ठक्करबाट गम्भीर भएका स्थानीय विश्वनाथ चौधरीका २ वर्षीय छोरा अनुप चौधरीको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । बाटोमा हिँड्दै गर्दा उनलाई बसले ठक्कर दिएको थियो ।

चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार बस नियन्त्रणमा भए पनि चालक फरार रहेकाले खोजी भइरहेको छ ।

बालकको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..