» » रोबोट पेनरको पक्षमा जागे मधेशी मोर्चा


पर्सा बैशाख २१ गते । सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने खालको सामग्री फैलाएको आरोपमा पक्राउ परेका क्यानेडियन नागरिक रोबोट पेनरलाई दुई दिनभित्र नेपाल छाड्न गृह मन्त्रालयले दिएको निर्देशनको मधेशवादी दलले विरोध गरेका छन् ।

मधेशी मोर्चाका नेताहरुले आज साँझ वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै सरकारको यो निर्णयलाई विरोध गरेको छ । विदेशी नागरिक भएपनि मधेशी जनता तथा विभेदमा परेका पक्षमा बोलेका रोबोटलाई नेपाल छाड्न दिएको निर्देशन फिर्ता लिन आग्रह गरेको छ ।

मानव अधिकारको पक्षमा अवाज उठाउनेको अवाज दवाउन पाईदैन, रोबर्ट पेनेरको भिसा रद्द गर्न पाइँदैन नारा लगाउँदै मधेशी मोर्चाका नेताहरु जुलुस निकालेका थिए ।

पेनेरलाई प्रहरीले बैशाख १९ गते ललितपुरबाट पक्राउ गरेको थियो । ‘दुईदिन भित्र नेपाल नछोडे जेल चलान गरिने चेतावनी गृहमन्त्रालयले दिएको छ । ट्वीटर र फेसबुकलगायत समाजिक सञ्जालमार्फत अख्तियार दुरुपयोग आयोग, मधेश आन्दोलन तथा पुन निर्माणको बारेमा लगातार उहाँले लेख्दै आउनु भएको थियो ।

नेपालमा समाजिक सद्भाव खल्बलाउने कार्य गरेको भन्दै पेनरलाई पक्राउ गर्न अध्यागमन विभागले ललितपुर प्रहरी परिसरलाई अनुरोध गरेको थियो । पेनेरलाई उहाँको कार्यालयमा नै गएर प्रहरीले पक्राउ गरेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..