» » खवास महिलामा समाजमा भुटनीदेवी

मोरङ, जेठ १० गते । खवास महिलाको सङ्गठन खवास महिला समाजको प्रथम केन्द्रीय महाधिवेशनले सांसद भोटनीदेवी खवासको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

मोरङको बैजनाथपुरमा जारी महाधिवेशनले खवासको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

आज मोरङको वैजनाथपुरमा पत्रकार सम्मेलनगरी खवास महिला समाजले केन्द्रीय कार्यसमितिको चयन सर्वसम्मत सम्पन्न भएको जानकारी दिएको छ ।

खबास महिला समाजको उपाध्यक्षमा माधुरी सिंह खवास, शर्मिला खवास, मायाँवती खवास, महासचिवमा निलम खवास, सचिव पुनम खवास, दीपकुमारी खवास, गीता खवास, कोषाध्यक्ष यसोदा खवासबाहेक अन्य एक दर्जन केन्द्रीय सदस्य सर्वसम्मत चयन हुनुभएको हो ।

नेपालको पूर्वी क्षेत्र झापा, मोरङ, सुनसरी र पश्चिमतर्पm मकवानपुरमा रहेका खवास महिला महाधिवेशनका लागि मोरङमा भेला भएका थिए । विजयी सांसद भुटनीदेवी खवासले जातीय विभेदमा परेका महिलाको न्यायका लागि काम गर्ने बताउनु भयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..