» » एफएमका मालिकद्धारा कार्मचारीलाई कुटपिट, महासंघद्धारा निन्दा

जनकपुर जेठ ९ गते । नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य प्रमोद साहमाथि उहाँ कार्यरत मिथिलाञ्चल एफ.एम. १०५ मेगाहर्जका सञ्चालक मुकेश दुवेले शुक्रवार राती गरेको हातपातप्रति महासंघ धनुषा शाखाले निन्दा गरेको छ ।

महासंघले आज एक विज्ञप्ति जारी सञ्चारमाध्य जस्तो प्रतिष्ठित, गरीमामय र नागरिकलाई सुसुचित गराउने क्षेत्रका सञ्चालक तथा अध्यक्षबाट गरिएको यस्तो घटना आफैंमा अशोभनिय र लज्जास्पद रहेको उल्लेख गरेको छ ।

महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रद्वारा जारि विज्ञप्तिमा एफएममा कार्यरत श्रमजिवि पत्रकारको कामकाजप्रति कुनै प्रकारको असन्तुष्टी भए विधि, प्रकृया अपनाएर अगाडी बढ्नुपर्ने प्रशस्त मार्ग र उपायहरु हुँदाहुँदै मदिरा सेवन गरी सञ्चारगृहमै गालीगलौज तथा हातपात गरि श्रमजिवि पत्रकारहरु निरुत्साहित गर्ने मनसायबाट गरेको देखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पत्रकार साहमाथि गरिएको हातपात र दुव्यर्वहारका घटनामा मिथिलाञ्चल एफ.एमका अध्यक्ष दुबेलाई आत्मालोचना गरी शान्तिपूर्ण र निर्वाद रुपमा श्रमजिविले कार्य गर्नुपर्ने अवस्था निर्माण गर्न महासंघ धनुषा शाखाले आग्रह गरेको छ ।

साथै श्रमजीवी पीडित पत्रकार साहको काम गरे वापत बाँकी रहेको तलब समेत उपलब्ध गराउन माग गर्दै त्यसो नगरेको खण्डमा महासंघ धनुषा संघर्षको कार्यक्रम गर्न बाध्य हुने अध्यक्ष मिश्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..