» » सबै व्यवस्था यतै गर्दा राम्रो

नवलपरासी, वैशाख ३० गते । अञ्चल सदरमुकामबाटै सबै प्रक्रिया पूरा गरिदिन नवलपरासीबाट वैदेशिक रोजगारीमा जानेले माग गरेका छन् ।

वैदेशिक रोजगारीका सबै प्रक्रिया केन्द्रीकृत भएकाले यसलाई विकेन्द्रीकृत गरी जिल्ला सदरमुकाम तथा अञ्चल सदरमुकामबाट छिटोछरितोसँग गरिदिन उनीहरुले माग गरेका हुन् । केन्द्रबाट काम गर्न धेरै असहज भएकाले जिल्ला वा अञ्चल सदरमुकामबाट काम गरिदिन सरकारसँग वैदेशिक रोजगारीमा जानेले माग गरेको सुरक्षित आप्रवासन केन्द्र, नवलपरासीले जनाएको छ ।

पासपोर्ट, श्रमसम्बन्धी काम लगायतका सबै प्रक्रिया स्थानीयस्तरबाट भए रोजगारी जानेलाई ठगिने डरसमेत नहुने वैदेशिक रोजगारीमा जानेले माग राखेका छन् । स्थानीयस्तरबाट काम भएमा काठमाडाँैमा जान÷आउनको खर्च लगायतको समयको समेत बचत हुने वैदेशिक रोजगारीमा जानेको माग छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..