» » मधेशी मोर्चाले ठमेलमा आमसभा गर्ने

काठमाडौ बैशाख २७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासम्मलित गठन भएको संघीय गठबन्धनले ठमेलमा आमसभा गर्ने भएको छ ।

पर्यटकीय क्षेत्र ठमेलमा कार्यक्रम काठमाडौवासीका लागि नौलो भएको छ । पर्यटकहरुका लागि व्यस्त रहने सो ठाउँमा गठबन्धनले जेठ १ गते आमसभा गर्न लागेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी गराउनुभयो ।

सो दिन तीन बजे शान्तिबाटिकाबाट र्याली सहित ठमेलमा पुगेर आमसभा गर्ने बताउँदै सुमनले सो कार्यक्रम दुई गते सिहदरवार घेराउ कार्यक्रमका तयारी स्वरुप हुन गइरहेको जानकारी गराउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..