» »Unlabelled » गठबन्धनको अस्तित्व स्वीकार गरे मात्र वार्ता

भक्तपुर, जेठ ११ गते । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सङ्घीय गठबन्धनको अस्तित्वलाई स्वीकार गरे मात्र सरकारसँग वार्तामा बस्न सकिने बताउनुभएको छ ।

आज भक्तपुरको दत्तात्रयमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको सभामा बोल्दै उहाँले सङ्घीय गठबन्धनभित्रै मधेसी मोर्चा पनि भएकाले यो अस्तित्वलाई सरकारले स्वीकार गरे मात्रै वार्तामा बस्न सकिने बताउनुभएको हो ।

सरकारले सङ्घीय गठबन्धनलाई फुटाउने षडयन्त्र गरेको आरोप लगाउँदै उहाँले सरकारले मधेसी मोर्चाको नाममा मात्रै वार्ताका लागि पत्र पठाएर २९ दलबीच अविश्वास बढाउने र फुटाउने प्रयास गरेको जिकिर गर्नुभयो ।
भक्तपुर, ११ जेठ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सङ्घीय गठबन्धनको अस्तित्वलाई स्वीकार गरे मात्र सरकारसँग वार्तामा बस्न सकिने बताउनुभएको छ ।

आज भक्तपुरको दत्तात्रयमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको सभामा बोल्दै उहाँले सङ्घीय गठबन्धनभित्रै मधेसी मोर्चा पनि भएकाले यो अस्तित्वलाई सरकारले स्वीकार गरे मात्रै वार्तामा बस्न सकिने बताउनुभएको हो ।

सरकारले सङ्घीय गठबन्धनलाई फुटाउने षडयन्त्र गरेको आरोप लगाउँदै उहाँले सरकारले मधेसी मोर्चाको नाममा मात्रै वार्ताका लागि पत्र पठाएर २९ दलबीच अविश्वास बढाउने र फुटाउने प्रयास गरेको जिकिर गर्नुभयो ।

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सार्थक वार्ताको पक्षमा गठबन्धन रहेको बताउँदै सरकार र तीन दल नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्रले सार्थक वार्ताको पक्षमा नरही आन्दोलन दबाउन खोजेकाले वार्ता सफल हुन नसकेको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङले गठबन्धनको आन्दोलन निर्णायक भएको दाबी गर्दै जातीय समानुपातिक प्रतिनिधित्व र अधिकारको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..