» » गठबन्धनलाई किर्तिपुरबासीको भव्य स्वागत (हेनुस् २२ फोटो)

काठमाडौं जेठ १० गते । संविधानको पुनर्लेखन र कालोबजारी, लोड सेडिङ, मँगही, बेरोजगारीको अन्त्य जस्ता २६ सुत्रीय माग राखेर आन्दोलन गरिरहेका संघीय गठबन्धनले आज कीर्तिपुरमा राज्य विरुद्ध बृहत प्रदर्शन गरेको छ ।

समानुपातिक समावेशिकरण र जनसंख्याको आधारमा राज्यको सबै अङ्गमा समानुपातिक प्रतिनिधित्व जस्ता मागलाई समेत प्रमुखताका साथ उठाइरहेको गठबन्धनले कीर्तिपुरमा ऐतिहासिक विरोध प्रदर्शन गरेका छ । काठमाडौंको विभिन्न स्थानमा विरोधसभा सम्पन्न गरिसकेको गठबन्धनको आन्दोलनलाई कीर्तिपुरका स्थानीयले खुलेर स्वागत तथा समर्थन गरेका छन् ।

सार्थक संघीयता र पहिचान पक्षधर २९ दलीय गठबन्धनको आन्दोलनमा कीर्तिपुरका हजारौं स्थानीयको सहभागिता देखियो । त्रिभुवन विश्व विद्यालयको मुख्यद्धारबाट दिउँसो सुरु भएको विशाल र्याली कीर्तिपुरको नयाँ बजार पुगेर विरोधसभामा परिणत भएको थियो ।

गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफै र्यालीको अग्रमोर्चामा रहेका थिए भने हजारौं आन्दोलनकारी सरकारविरुद्ध नाराबाजी गर्दै कीर्तिपुर पुगेका थिए । विरोधमा फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जनताको दैनिक आवश्यक्ता पूर्ति गर्न नसक्ने सरकारलाई सत्तामा बस्ने नैतिक आधार नभएको टिप्पणी गर्नुभयो ।

उहाँले हावादारी गफको भरमा ओली सरकार टिकेको जिकिर गर्दै खोक्रो राष्ट्रवादमा भुलाएर राज्य सत्ता र शक्तिको दुरुपयोग गर्ने दिन ओली सरकारको धेरै नभएको दाबी गरे ।
गठबन्धनका शीर्ष नेताहरुले कीर्तिपुरमा आन्दोलनलाई अझै उचाइँमा पुर्याउने उद्घोष गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने भोलि बिहानका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आन्दोलनकारी शक्तिले उठाएको माग सम्बोधन गर्ने ठोस प्रतिबद्धता सरकारबाट नआएसम्म वार्ता वा सर्वदलीय बैठकको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो ।

वार्ताका लागि आफूहरु सकारात्मक भएपनि ओलीको अहंकार, हठ र प्रतिगामी रवैया बाधक बनेको गठबन्धनको आरोप छ । सिंहदरबार र वालुवाटार घेराऊ सफल पारेर राजधानी केन्द्रीत आन्दोलनमा होमिएको गठबन्धनले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

कीर्तिपुरको विरोधसभाका लागि त्यहाँका स्थानीय बासिन्दाको बाक्लो उपस्थिति देखिएको छ । स्थानीयको साथ र समर्थनले पछिल्लो समय गठबन्धनको आन्दोलनमा जनसहभागिता उत्साहजनक ढंगले बढ्दै गएको छ । एकपछि अर्को विरोध सभाहरु पनि प्रभावकारी हुँदै गएका छन् । संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः लगायतका दल तथा संगठन आबद्ध छन् ।


















About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..