» » उद्योगी अपहरणकर्ता पक्राउ


काठमाडौ बैशाख २४ गते । वीरगञ्जका एक उद्योगपतिलाई अपहरण गर्ने चार जनालाई पर्सा प्रहरीले १४ घण्टाभित्र पक्राउ गरेर सार्वजनिक गरेको छ ।
अपहरणकारीले अपहरण गरेको एक घण्टामै एक लाख रुपैयाँ लिएर उद्योगपतिलाई मुक्त गरेका थिए । अपहरण गरेर रकम असुली गरेको सूचना पाउने बित्तिकै पर्सा प्रहरीले चार जना अपहरणकारीलाई १४ घण्टाभित्रै पक्रन सफल भएको हो । प्रहरीले अपहरण र फिरौती असुलीमा संलग्न बाराको कलैया नगरपालिका–३ का १९ वर्षे इमरान मन्सुर, कलैया–४ का २२ वर्षे रोशन पौडेल, कलैया–६ का २० वर्षे दिनानाथ पटेल र वीरगन्ज उपमहानगरपालिका– २७ का १९ वर्षे जय प्रकाश पटेललाई हतियार सहित पक्रेको हो ।
उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली चार राउण्ड र मोबाइल सेट तीन थान बरामद गरेको छ । यस्तै फिरौतीको रकम माग्नका लागि प्रयोग भएको दुईवटा सिमकार्ड र फिरौती लिएको एक लाख रुपैयाँ पनि बरामद गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

बिहीबार  साँझ वीरगन्जको लक्ष्मणवाबाट पक्राउ गरिएका उनीहरुलाई प्रहरीले अजा बिहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।उद्योगपतिलाई शुक्रबार दिउँसो वीरगन्जको प्रतिमा चोकमा बोलाएर एक घण्टा नियन्त्रणमा लिइ अपहरणकारीहरुले लक्षमणवा गाउँको गण्डक नहर तर्फको एकान्त ठाउँमा लगेर एक लाख रुपैया फिरौती असुलेर छाडेको थियो । प्रहरीले अपहरित उधोगपतिको पहिचान भने अहिले खोलेको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..