» » कैलाली घटनाबाट पाठ सिक्दै, भिन्दै तयारीमा नेपाल प्रहरी

काठमाडौँ, वैशाख २८ गते । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कार्यक्षेत्रमा खटिँदा आइपर्ने समस्या समाधान गर्न र समन्वय गर्न संयुक्त रुपमा तालिम र अभ्यास गरिरहेका छन् ।

 आदिवासी जनजाति तथा मधेशीले राजधानी केन्द्रीत आन्दोलनको तयारी गरिरहँदा प्रहरी पनि सोही अनुसारको तयारीमा जुटेको स्रोतले जनाएको छ ।
जेठ २ गते संघीय गठबन्धनले सिहदरवार घेराउ गर्ने तयारी गरिरहेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा कार्यक्षेत्रमा खटिँदा आवश्यक समन्यका लागि परिचालनसम्बन्धी संयुक्त रुपमा तालिम र अभ्यास गरिरहेको जानकारी दिनुभयो ।

नेपाल प्रहरीसँग सशस्त्र प्रहरी बलको कुनै तुस र मनमुटाव नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

गत भदौमा कैलालीको टीकापुरमा थारु आन्दोलनका क्रममा वरिष्ठ उपरीक्षक सहित आठ प्रहरीको ज्यान गएपछि प्रहरी बल र नेपाल प्रहरीबीच समन्वय हुन नसकेका कारण बढी क्षति भएको निष्कर्ष निकालिएको थियो ।

त्यसयता नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षककै समन्वयमा दुई सङ्गठनको सम्बन्धलाई अझ मजबुत बनाउन भन्दै विविध कार्यक्रम सुरु गरिएको छ । प्रवक्ता खनालले दुई सङ्गठनले कार्य क्षेत्रमा मिलेर काम गरिरहेको र कहीँ कतै कुनै समस्या नदेखिएको स्पष्ट पार्नुभयो ।

विपद् उद्धारसम्बन्धी तालिम 

गत वर्ष गएको भूकम्पपछि २५१ जना सशस्त्र प्रहरीले विपद् उद्धारसम्बन्धी तालिम लिएका छन् । सो तालिमपछि सशस्त्र प्रहरीमा विपद् उद्धारसम्बन्धी तालिम लिनेको सङ्ख्या ८७६ पुगेको बलले जनाएको छ । चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गरी त्यहीँबाट तालिम दिइँदै आएको प्रवक्ता खनालले बताउनुभयो ।

विपद् व्यवस्थापनका लागि आवश्यक आधुनिक प्रविधि र उपकरणको किन्ने प्रक्रिया समेत अगाडि बढाइएको बलले जनाएको छ । बलका सबै बाहिनीमा विपद् व्यवस्थापनसम्बन्धी जनशक्ति तैनाथ गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..