» » भारतीय गृहमन्त्री राजनाथ सिहसँग अभिषेकले भन्नुभयो, ओली सरकार नश्लवादी


काठमाडौ जेठ १८ गते । तराई मधेशमा आन्दोलन जारी रहेको बेला संघीय गठबन्धनलाई नेतृत्व गरिरहेका दल संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सांसद अभिषेक प्रताप शाह अचानक दिल्ली पुग्नु भएको छ ।

काठमाडौ केन्द्रीत आन्दोलन सकिने वित्तिकै उहाँ दिल्ली पुगेर भारतीय गृहमन्त्री राजनाथ सिहसँग भेटेर मधेश आन्दोलनको बारेमा कुरा गर्नुभएको छ । आफूहरु शान्तिपूर्ण आन्दोलन गरेपछि राज्यले कुनै सुनुवाई नगरेको कुराको जानकारी दिँदै नेता शाहले काठमाडौमा पनि लगातार १६ दिनसम्म आन्दोलन गरेको कुराको जानकारी दिनुभएको थियो ।

आज साँझमा दिल्लीबाट सहारा टाइम्ससँग कुरा गर्दै नेता शाहले भन्नुभयो, गृहमन्त्री राजनाथजीसँग मधेश आन्दोलनको बारेमा कुरा भयो । मैले काठमाडौमा शान्तिपूर्ण आन्दोलन गरे । तैपनि सरकारले लचकता अपनाएन । सरकार मुठभेडको मुडमा रहेको कुराको जानकारी दिएपछि उहाँ गम्भीर हुनुभयो र नेपाललाई कसरी शान्त गर्ने भनि चिन्ता गर्नुभयो । राजनाथजी
ओलीप्रति नराज हुनुहुन्छ ।’

यो वर्तमान सरकार नश्लवादी चिन्तनबाट ग्रसित रहेको कुराको पनि जानकारी उहाँलाई गराएको बताउँदै उहाँले नश्लवादी चिन्तन ओलीमा मात्र होइन, दिवगंत हुनुभएका सुशिल कोइरालामा पनि त्यहाी मानसिकता रहेको तथा भोली जुन व्यक्ति त्यो ठाउँमा आएपछि मधेश र भारतप्रतिको सोचमा परिवर्तन नहुने विषय पनि राखेको उहाँले जानकारी दिनुभयो ।

साथै भारतको मुर्तिया तथा बर्दिया जिल्लाको गुलिया नाकामा नेपालीलाई भारतीय पक्षबाट निकै दुख दिने गरेको कुरा पनि राजनाथ समक्ष राखेको बताउनुभयो । नेपालबाट विभिन्न प्रयोजनका लागि भारत जानेहरुलाई बोर्डरमा रहेका एसएसबीहरुले निकै दुख दिने गरेको कुरा आफूले गृहमन्त्री समक्ष राख्दै त्यसलाई समाधान गर्नका लागि आग्रह गरेको बताउनुभयो ।

त्यसमा गृहमन्त्री राजनाथ निकै गम्भीर हुनुभएको र एकजना आइजी बीके सिहको नम्बर दिएर भन्नुभयो, त्यहाँ कुनै समस्या भयो भने तुरुन्त त्यस नम्बरमा फोन गरी जानकारी गराउनु भयो भने तुरुन्त एक्सन लिनु हुन्छ भनि प्रतिवद्धता जाहेर गरेको उहाँले बताउनुभयो ।

भारतका दिल्ली ,मुम्बई, पंजाब,कानपुर लगायत लखनऊबाट काम गरि फर्कने नेपालीहरु माथि भारतीय एसएसबी दिनहुं अभद्र व्यावहार गर्दै आएको छन् यो कुरा मैले बडो स्पष्टका साथ राखे उहाँले भन्नुभयो,  नेपालमा पर्याप्त नभएको दैनिक उपभोग्य समानका साथै नेपाली किसानहरु बीउबिजन र खाद्य भारतीय बाजार बढनी ,खुनुवाबाट ल्याउने गर्छन् ।

कपिलबस्तु क्षेत्र नः५ का सांसद अभिषेक प्रताप शाहले एसएसबीका यस्ता व्यावहारले गर्दा नै नेपाल(भारत सम्बंध झन बिग्रिने खतरा बढेको कुरा गृहमन्त्री राजनाथ सिहसमक्ष राख्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..